पोखरामा पर्यटक वृद्धि गर्न सुविधा सम्पन्न होटलहरुको संख्या बढ्नु पर्छ : अध्यक्ष तुलाचन

पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखराले पर्यटन प्रवद्र्धनमा के कस्तो भूमिका खेलेको छ र नयाँ वर्षमा संघले आयोजना गर्ने फेवा नयाँ वर्ष को आर्कषण के रहेको छ । भन्ने विषयमा पश्चिमाञ्चल होटल व्यवसायी संघ पोखरा अध्यक्ष विकल चुलाचन संग आओर टुरिजम न्युजका सम्पादक टंक रेग्मीले गर्नु भएको कुराकानी ः

कास्की जिल्लामा होटल व्यवसायीयको वर्तमान अवश्था कस्तो छ ?
जिल्लामा होटल व्यवसायी संघको अवश्था सन्तोष जनक छ । होटलहरुको संख्या दिनहु बढिरहेको छ, लगानि पनि बढीरहेको छ । अझ ठूलाखालका होटलहरु बन्नु पर्छ भन्ने हाम्रो मान्यता छ । उच्च खालका पर्यटकहरु लाई लक्षित गरी बनेका होटलहरु कमै छन् । मध्ययम खालका धरै छन् । त्सैले सुविधा सम्पन्न खालका होटलहरुको संख्या बढ्नु पर्दछ ।

भूकम्प र नाकाबन्दीले पर्यटक आवागमनमा केहि कमि भएको थियो ? यहिले कस्तो छ पर्यटक आवागमनमा ?
भूकम्प भन्दा अधि चिनीयाँ पर्यटकहरुको आगमन निकै ठूलो थियो । र पछि केहि रुपमा कम भएको हो । पछिल्लो समय आन्तरिक पर्यटकमा केहि सुधार भएको छ । र वाह्य पर्यटकमा पनि केहि सुधार भएको हामीले देखेका छौँ । यो नै हाम्रा लागि सकारात्मक कुरा हो । वाह्य पर्यटकको तुलनामा पछिल्लो समयमा अहिले पोखरामा आन्तरिक पर्यटकको हिस्सा ६० प्रतिशत रहेको छ ।

पश्चिमाञ्चल होटल व्यवसायी संघमा कति सदस्य रहेका छन् ?
अहिले पश्चिमाञ्चल होटल व्यवसायी संघमा विधिन्न किसिमका ४ सय जति होटलहरु दर्ता भएका छन् ।

 

वर्तमान अवस्थामा होटलहरुको अकुपन्सी कति छ ?
सिजनको बेला ६० प्रतिशत जति भयो । हाम्रो वार्षिक ४० प्रतिशत जति छ ।

 

होटल व्यवसाय प्रति व्यवसायीको आकर्षणा कस्तो छ ?
भूकम्प पछि हेर्ने हो भने व्यवसाय प्रति व्यवसायी कार्कषित छन् । अहिले निजि क्षेत्रमा लगानि गर्नेको संख्यामा उल्लेखनीय रुमा वृद्धि भएको छ । किनभने अवसरहरु धेरै छन् । पोखरामा पूर्वाधारहरु अन्तराष्ट्रिय, क्षेत्रीय विमानस्थल बन्दै छ । भोलि पर्यटकहरु पनि बढ्ने भएको कारणले प्रदेश नम्बर चारको राजधानी भएको हिसावले यो पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएकाले यस प्रति व्यवसायीहरु आकर्षित छन् ।

होटल व्यवसाय संघले मनाउने फेवा नयाँ वर्षको आर्कष के हुन्छ ? र कसरी मनाउदै हुनुहुन्छ ?
होटल व्यवसायी संघले १५ औ फेवा नयाँ वर्ष मनाउन गईरहेका छौँ । विशेषगरी हामीले नेपाली नयाँ वर्षको अवसरमा नेपाली संस्कृतिलाई जर्गेना गर्ने उदेश्यले महोत्सव गर्न लागिएको हो । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्ने भएकोले विशेष गरी कला, संस्कृतिलाई हामीले मूख्य ध्यान दिएका छौँ भने नेपाली खानाहरु प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गर्ने हामीले लक्ष लिएका छौँ ।

आन्तरिक तथा वाह्य पर्यटको संख्यामा वृद्धि गर्न के गर्नु आवश्यक छ ?
पर्यटन आवागमन गर्न को लागि दुई तिन वटा कुराहरुमा ध्यान दिनु पर्छ । एउटा अल्पकालिन, दिर्घकालिन कुराहरुका अलवा पर्यटकीय पूर्वाधारका कुराहरु निर्माण गनु पर्छ जस्तो बाटो घाटो, पुर, बस बिसाउनी, पर्यटनलाई बिकेन्दिकरण गर्नु पर्दछ । पोखरा मात्र नभई पोखराको सेरोफोरोलाई पवद्र्धन गरेर पर्यटकलाई पोखरा बाहिर पठाउन सकियो भने त्यहाँ नाईटोस्केल बसाई पनि लम्बीन्छ । त्यो ले गर्दा निश्चत रुपमा सम्पूर्ण मानिसहरुले पर्यटन बाट लाभासं प्राप्त गर्न सक्छन भन्ने हाम्रो मान्यता छ । दोस्रो कुरा व्यवसायीहरुले लगानिलाई वृद्धि गर्नु पर्ने देखिन्छ । विशेष गरी टे«किङ क्षेत्रतिर ठूला स्तरका र लकजरी खालका लजहरु निर्माण गर्नु पर्ने देखिन्छ ।