पाँच जना महिला पत्रकार सगरमाथा चढ्दै

प्रविन तुलाचन

पत्रकारिताको माध्यम बाट समाजमा नयाँ चेतना सगै सूचनाहरू पस्कदै पत्रकार पेशामा आबद्द पाँच जना महिला पत्रकार विश्रवको सर्वोच्च शिखर सगरमाथामा चढने भएका छन ।

‘ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सपिडिसन’ बाट विभिन्न मिडियामा कार्यरत महिला पत्रकार ललितपुरकी रोजिता बुद्धाचार्य, काठमाडौकी प्रिया लक्ष्मी कार्की र कल्पना महर्जन सुनसरीकी देउराली चाम्लिङ्ग र मोरङ्ग रोसा बस्नेत सगरमाथा चढने तयारीमा छन।

आगामी सिजनमा सगरमाथा आरोहणको तयारी गरिरहेको महिला पत्रकार टिम अहिले प्रावधिक सगै स्वास्थ्य परीक्षण लगायत ६ हजारको अग्लो हिमाल अनतर्गत दोलखाको राम्दुङ्ग र यालुङ्ग हिमाल चढिसकेका छन‌। हाम्रो समाजमा महिला लाई हेर्ने द्रष्ट्रिकोण फर्क छ! महिला लाई कमजोर ठान्नेहरू लाई चुनौति पनि हो।

सन १९७५ मई १६ तारिखको दिन एउटी सहासी महिलाको रूपमा जापानकी स्व.जुन्को तापेईके सगरमाथाको चुचुरोमा टेकेर सर्वप्रथम पहिलो महिला आरोहीको कीर्तिमान कायम गरेकी थिईन। सगरमाथा आरोहणको क्रममा १७ औ मा चढेकी नेपाली विरङ्गना स्व.पासाङ ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथामा टेकेर प्रथम नेपाली पर्वतारोही बनेर राष्ट्रिय विभूति बाट सम्मानित भईन।

यसै गरि दोस्रो नेपाली पर्वतारोही सड्खुबासभाकी लाक्पा शेर्पाले महिला सहस्राब्दी अभियान अनर्गत टोली नेताको रूपमा वि.स.२०५७ साल जेष्ठ५गतेका दिन सगरमाथाको शिखरमा पुग्न सफल भएकी थिईन। डिकी डोल्मा र त्यस पछि वि.स.२०६० साल जेष्ठमा मिडकिपा शेर्पाले १५वर्ष १८ दिनको उमेरमा आरोहण गरेर कान्छि पर्वतारोहीको रेकर्ड कायम गरिन।

हिमाल आरोहण क्षेत्रमा शेर्पा जातिको वर्चस्व रहेता पनि अन्य जातिका महिलाले पनि सगरमाथाको आरोहण गर्न सफल भएका छन। काठमाडौ बाट नेवार समुदायकी पहिलो महिला पर्वतारोही मोनी मुलेपतिले रोट्ररी सेन्ट्रल एभरेष्ट एक्सपिडिसन अन्त्गर्त सगरमाथाको सफल आरोहण गरेकी थिईन। वि.स.२०६२ साल जेष्ठमा मोनी मुलेपतिले आरोहण सगै सगरमाथाको चुचुरोमा पेम्वा दोर्जी सग विवाह गरेर नया कीर्तिमान कायम गरेकी थिईन ।