होमस्टे संचालन गर्न जति सहज छ,त्यतिनै चुनौतिपूर्ण छ : संस्थापक अध्यक्ष तारानाथ पहारी

तारानाथ पहारी गाँउ पर्यटन प्रबर्द्धन मन्च (भिटोफ) कास्की,प्रदेश नं चारका संस्थापक अध्यक्ष हुनुहुन्छ।पहारी वर्षौ देखि गाँउ पर्यटन प्रबर्द्धन को निम्ति निरन्तर खटिरहनु भएको छ। पहारीसँग आअोर टुरिजम न्युजका सह-समपादक प्रबिन तुलाचनले गरिएको कुराकानी।

प्रदेश नं ४ का घरबास कार्यक्रम (होमस्टे) को अवस्था कस्तो छ?

नेपलमा वि.सं २०५४ सालम‌ा पहिलाे होमस्टेको बिउ रोपिएको गाउँ भनेको स्याङ्जाको सिरुबारीमा हो। नेपालमा नै पहिलो घरबासको अवधारणा ल्याएर घरबास संचालन गर्नु हुने स्व.क्याप्टेन रुद्रमान गुरुङ्ग लाई राष्ट्रले नचिन्न सक्यो न सम्मान गर्न सक्यो। नेपालका घरबास का पिता स्व.रुद्रमान गुरुङ्गको परिकलपना साकार भई देश भरिनैे होमस्टेमय भएको छ। तराई, पहाड, हिमाल छोएको हाम्रो प्रदेश नं ४ मा बहुसंख्यक जनजातिका कला,संस्कृति रहन-सहन आत्मियता आदि कारणले पर्यटन को प्रचुर सम्भावना बोकेको प्रदेश हो।

भिटोफको योजना के हाे ?

गाउँ पर्यटन मन्च (भिटोफ)कास्की,प्रदेश नं चारले आफनो स्थापनाकाल देखि नै घरबास वर्गिकरण अनुसार (१)चलिरहेको घरबास(२)चलेर बन्द भएका घरबास (३)चलन इच्छुक घरबास गरी आफ्ना निति तथा तर्जुमा गरिरहेको छ।सँस्थाले एक घरबास देखि अर्को घरबास सम्म जोडने गरी होमस्टेको अवधारणा प्रथम चरणमा ताडतिङ्ग-करापु डाँडा र याड्जाकोट होमस्टे जोडने गरी केन्द्रको सहकार्यमा होमस्टे ट्रेल अन्वेश्ण कार्य सम्पन्न गरेको छ। सोही ट्रेल लाई आगामी वर्ष लम्जुङ्गको घले गाउँ भुजुड हुदै कास्कीको ताडतिङ्ग सम्म जोडने लक्षय लिएको छ। यस कार्यक्रमले पर्यटनको प्रबर्दन हुनसाथ कला,सँस्कृतिको पनि सम्बर्दन हुनेछ। साथै होमस्टेका प्याकेज बेच्ने एजेन्सिजहरूले आर्थिक आय आर्जन गर्ने छन। यसै गरी भिटोफ प्रदेश नं चारले आगामी दिनमा उत्कृष्ट घरबासहरूको समुह बनाई हिमालय रूम्सको अवधारणामा एउटा वेभसाइटको माध्यम बाट बजारीकरण गरी स्तरिय कोठा, खानपिन,सँस्कृति आदि मापदण्ड तय गरी सचालन गर्ने समेत जमर्को गरेको छ।

३.केहि होमस्टेमा पूर्वाधार,साँस्कृति कार्यक्रम लगायत समस्या देखिन्छ,किन ?

तपाईले भनेको कुरा सही हो । एउटा होमस्टे संचालन गर्न जति सहज छ,त्यतिनै व्यवस्थित र बजारीकरण गर्न चुनौतिपूर्ण छ । एउटा होमस्टेमा पुग्ने पाहुना लाई पहिलो आत्मियता र आर्गयानिक खानपिन सगै मनोरजन प्रदान गर्न जरूरी छ। गाउँ पर्यटन प्रबर्दन मन्च,नेपाल(भिटोफ)को स्थापना पक्षचात हामीले प्रदेशमा रहेका होमस्टेहरूको साम्भायता,अध्य्यन,अवलोकन गर्दै समस्याहरू लाई औल्याउदै धेरै भन्दा धेरै होमस्टेहरू लाई एकीकृत गरी प्रबर्दन सम्वन्धि गोष्ठी,गाउँ पर्यटम वर्ष गन्तव्य घोषणा,उत्कृष्ट घरबास घोषणा,स्व रूद्रमान गुरूङ्ग स्मृति पुरूष्कार घोषणा, विभिन्न पुस्तक,ब्रोसर, क्यालेण्डर प्रकाशित गरी ग्रामीण पर्यटनको प्रबर्दन गर्दै आएका छौ।यसै गरी विभिन्न पर्यटकिय मेला महोत्सवहरूमा गाउँ र सहरको सम्वन्ध लाई जोडने उद्देश्यले ग्रामिण जनजिवन झल्किने स्टल राख्ने गरेका छौ।

हामीले बि.सं २०७३ साल चैत्र २५ र २६गते नेपाल पर्यटन बोर्ड सग सहकार्य गर्दै एउटा भव्य होमस्टे मार्ट कार्यक्रम समपन्न गरिसकेका छौ।अत समग्र नेपालकै पर्यटनको विकासको निम्ति सर्वप्रथम स्तरिय पर्यटकको सेवाका लागि विकासका भौतिक पूर्वाधार देखि लिएर चाडै अन्तर्ष्ट्रिय बिमानस्थल निर्माण गर्नु पर्ने देखिन्छ।तर कुनै पनि गाँउ पर्यटन विकासका लागि स्थानियको उत्साह,जाँगर,सद्दभाव,मायाको साथै प्रचार प्रसारमा कलम चलाउने पत्रकार मित्रहरूको योगदान महत्वपूर्ण हुन्छ।अन्तयमा गाँउ बाटै सहर बनेको हो।यदि सबै मिलेर गाँउको विकास गर्ने हो।भने आगामी दिनमा प्रदेश नं ४ होमस्टेको राजधानी बन्ने निश्चित छ।

जय पर्यटन,जय भिटोभ,प्रदेश नं ४,नेपाल।।