BMTM अध्यय पछि आफै उद्यमी बनिन्छ : क्याम्पस प्रमुख गौतम

 

 

विरन्जी गौतम, क्याम्पस प्रमुख

गैह्रनाफामुलक संस्थाको रुपमा जनस्तरबाट गुणस्तरीय शिक्षा सर्वशुलभ प्रदान गर्ने उद्देश्यले बि.स. २०४८ साल मंसीर २५ गते जनप्रिय बहुमुखी क्याम्पसको स्थापना भएको हो । क्याम्पसले आफ्नो शैक्षिक कार्यक्रम विकास र बिस्तार गर्दै बिज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा पठन पाठन गराउदै आएको छ । पछिल्लो समय क्याम्पसले २०७४ । ०७ । १० गते नेपालमा बिल्कुलै नयाँ बिषय Mountain Tourism Management बिषयमा त्रि वि बाट प्राज्ञिक स्वायत्तता प्रदान पाएको छ । नयाँ विषय के हो ? कस्ले पढ्न पाउँछन्, र नयाँ विषय प्रतिको जिज्ञासाको बारेमा आओर टुरिजम राष्ट्रिय मासिक पत्रिकाका सम्पादक टंक प्रसाद रेग्मीले क्याम्पस प्रमुख विरन्जी गौतमसँग गरेको कुराकानी । कुराकानीको संपादित अंश :

नेपालमा पहिलोचोटि नयाँ बिषय Bachelor in Mountain Tourism Management (BMTM) अध्यापन शुरु गर्नु भएको छ, नयाँ बिषय प्रति बिद्यार्थीहरुको आकर्षण कस्तो छ ?
जनस्तरबाट गुणस्तरीय शिक्षा सर्वशुलभ रुपमा प्रदान गर्ने गरी बि.स. २०४८ साल मंसीर २५ गते गैह्रनाफामुलक संस्थाको रुपमा जनप्रिय बहुमुखी क्याम्पसको स्थापना भएको हो । यसको स्थापनासँग सँगै राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफ्नो शैक्षिक कार्यक्रम विकास र बिस्तार गर्दै आएको छ । क्याम्पसमा बिज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्तर्गत सबै कार्यक्रम सञ्चालन भइरहेका छन । यसै क्रममा त्रिभुवन विश्वविद्यालय ले QAA (गुणस्तर मापन तथा प्रत्यायन) प्राप्त सामुदायिक क्याम्पसहरुलाई प्राज्ञिक स्वायत्तता प्रदान गर्ने निती लियो । यसै अनुरुप जनप्रिय बहुमुखी क्याम्पसले प्रदेश नं. ४ का लागि कस्तो बिषय सञ्चालन गर्न उपयुक्त हुन्छ र क्याम्पसका उत्पादन सजिलै बजारमा बिक्री हुन सक्दछन भन्ने बारेमा बिभिन्न बिशेषज्ञहरुको परामर्शका साथ बजार सर्वेक्षण गरयो जसको परिणाम स्वरुप यस क्षेत्रलाई सुहाउने र नेपालमा बिल्कुलै नयाँ बिषय Mountain Tourism Management को विकास भयो । क्याम्पसले यो बिषयको पाठ्यक्रम निर्माण गरि प्राज्ञिक परिषदमा पेश गरयो । प्राज्ञिक परिषदले त्यसलाई व्यवस्थापन सङ्काय डिन कार्यालयमा पठायो डिन कार्यालयले उक्त बिषयलाई परिमार्जन सहित बिषय समितिद्घारा निर्णय गरि पुनः प्राज्ञिक परिषद्मा पठायो, त्यसपछि प्राज्ञिक परिषद्ले पास गरि त्रि.वि.कार्यकारी परिषदमा पठायो र कार्यकारी परिषदले २०७४।०७।१० क्याम्पसलाई Mountain Tourism Management बिषयमा प्राज्ञिक स्वायत्तता प्रदान गरयो । यससँगै क्याम्पसले बिद्यार्थी भर्नाका लागि राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरयो, छोटो समयमा नै हामी आवश्यक पर्ने विद्यार्थी छनौट गर्न सफल भयौ र विद्यार्थी छनौट प्रक्रियाका क्रममा अन्तवार्ता लिदाँ ईञ्जिनियङ्गि, BBA, BCA जस्ता बिषयका तयारी गरेका र नाम समेत निकाली सकेका बिद्यार्थीले ति बिषय छाडेर यो बिषय अध्ययन गर्न तिव्र ईच्छाका साथ आएको पाईयो । यसबाट के देखिन्छ भने यो बिषय नेपालमा नै बिलकुलै नयाँ र हाम्रो जस्तो देशमा पर्यटकीय सम्भावना बोकेको हुदाँ विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।

कसरी पढन सकिन्छ Bachelor in Mountain Tourism Management (BMTM) बिषय ?
स्नातक तहमा सेमेष्टर प्रणाली अन्र्तगत Mountain Tourism Management बिषय अध्ययन गर्नका लागि विद्यार्थीले कम्तीमा द्घितिय श्रेणीमा १०ं२ उत्तीर्ण गरेको हुनुपर्दछ । क्याम्पसले भर्नाका लागि राष्ट्रिय पत्रिका तथा क्याम्पसको Web-Site www.janapriya.edu.np. मा सूचना प्रकाशन गर्दछ । सम्बन्धित बिद्यार्थीले क्याम्पसको Web-Site तथा क्याम्पस प्रशासनमा सम्पर्क गरि Application Form भर्नु पर्दछ । त्यसपछि विद्यार्थीले लिखित परीक्षा लिईन्छ जो उत्तीर्ण छन उत्तीर्ण छन त्यस्ता विद्यार्थीलाई अन्तवार्ता लिई मेरिट लिष्टको आधारमा विद्यार्थी छनौट गरिन्छ ।

कस्ले पढन पाउँदछन याे विषय ?
Bachelor in Mountain Tourism Management (BMTM) बिषय पढ्न कम्तिमा १०ं२ द्घितिय श्रेणीमा उत्तीर्ण र लिखित परीक्षा र अन्र्तावार्ता पास भएको जो कोहिले पनि पढ्न सक्दछन ।

BMTMपढ्न छात्रवृत्तिको व्यवस्था छ कि छैन ?
जनप्रिय वहुमुखी क्याम्पस नितान्त विद्यार्थीको शुल्कमा निर्भर क्याम्पस हो हाम्रा जस्ता सामुदायिक क्याम्पसलाई राज्यले शुन्य प्रतिशत लगानी गर्दछ । यो विषय आफैमा खर्चिलो र महँगो छ । यस्तै प्रकृतिका अन्य क्याम्पसमा राज्यले ठुलो लगानी गरेको छ । साथै विद्यार्थीबाट पनि उच्च शुल्क लिएको छ । त्यसकारण हामीले यस विषय संचालन गर्न Cost Besis मा शुल्क निर्धाराण गरेका छौ । यसर्थ हाल छात्रावृत्तिको व्यवस्था यसमा छैन । भविष्यमा राज्यले कुनै अनुदान दिइएमा छात्रवृत्तिको पनि व्यवस्था गर्न सकिन्छ ।

BTTMनतिजा कसरी प्रकाशित हुन्छ ?
जनप्रिय क्याम्पस प्राज्ञिक स्वायक्तता प्राप्त क्याम्पस हो । यसले विषय निर्माण गर्नका साथै परीक्षा आफै सञ्चालन गर्न सक्दछ । यसका लागि क्याम्पमा परीक्षा समिति गठन भएको छ । जसमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय र व्यवस्थपन डिन कार्यालयका प्रतिनिधि समलग्न रहन्छ उक्त समितिले परीक्षा लिने देखि नतिजा प्रकाशन गर्ने सम्पुर्ण कार्य गर्दछ । र यसरी प्रकासन गरेको नतिजाको आधारमा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट उपलव्ध गराउँदछ ।

BTTM विषय अध्ययन पश्चात रोजगारीको अवस्थाा के छ ?
वास्तवमा नेपाल पर्यटकीय सम्भावना बोकेको देश हो । हाम्रो देशमा करिब ८–१० लाख मात्र पर्यटक वर्षमा भित्रिन्छन । यिनीहरुको वसाई छोटो छ । यस्तो हुनुमा के देखिन्छ भने नेपालमा यस सम्वन्धि अध्ययन गरेका मानिसहरुको अभाव छ । त्यस कारण यो विषय अध्ययन गर्नेहरुका लागि रोजगारीका सम्भावना नै सम्भावना वोकेको छ । अध्ययन पश्चात आफै उद्यमी वन्न सक्छन भने यस क्षेत्रमा आफ्नो ज्ञान प्रयोग गरी सफल हुन सक्छन । र देशमा भित्रिने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्छ ।

यस विषय प्रति क्याम्पसको अगाामी योजना के छ ?
हामीले नेपालमा नै नयाँ विषयको शुरुवात गरेका छौ । यो विषय आफैमा चुनैतिपूर्ण पनि छ । यस विषय सम्वन्धि जनशक्ति अभाव छ । क्याम्पसले यस्तो जनशक्ति क्रमशः तयार गरि स्नात्तकोतर तहमा Mountain Toursm Management संचालन गर्ने लक्ष्य लिएको छ ।

थप केहि भन्न चाहनुहुन्छ ?
वास्तवानै जनप्रिय क्याम्पसले आज आफ्ना सिमित श्रोत र साधनलाई अधिकतम उपयोग गरी यस क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको सहयोगमा यो विषय संचालन गरेको छ । यस क्षेत्रमा लाग्ने प्राज्ञिक व्यक्तिहरुको धेरै अगााडी देखीको सपना आज पुरा भएको छ । यस प्रति राज्यले पनि चासो देखाउनु आवश्यक छ । र यो विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई पर्यटन मन्त्रालय विषेश अवसरहरुको व्यवस्था मिलाउनु आवश्यक देखिन्छ ।