कर्णाली प्रदेशको आर्थिक स्रोत ‘पर्यटन’ : कल्पना थापा

कल्पना थापा (नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन– अनेरास्ववियूको सचिवालय सदस्य तथा कर्णली प्रदेश सह संयोजक)

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन– अनेरास्ववियूको सचिवालय सदस्य तथा कर्णली प्रदेश सह संयोजक कल्पना थापा नेपाली विद्यार्थी आन्दोलनमा एक दशक विताइसकेकी युवा नेत्रृ हुन । उनको इतिहास विद्यार्थी राजनीतिमा विर्सन नसक्ने गरी स्थापित भएको छ । त्रिभूवन माध्यमिक विद्यालयबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थापा सांगठानीक, सैद्धान्तिक, राजनीतिक, कार्यनीतिक कुशलतासाथ संगठनको कार्य सम्पादन गर्ने क्षमता राख्दछिन । कार्यकुशलताकै आधारमा संगठनले केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी दियो । त्यसपश्चात थापा पाहिलो अञ्ल सम्मेलनबाट जिल्लाकमिटि सदस्य, संगठनको २१ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वा्िचत भईन । भने २२ औं महाधिवेशनमा केन्द्रिय सचिवालय सदस्यमा निर्वा्िचत भएकी थापा हाल कर्णाली प्रदेशको संयोजक छिन् । संगठनलाई मजवुत बनाउन र विद्यार्थीको हकहितको विषयलाई महत्वपूर्ण ठानेर पदिय जिम्मेवारी भन्दा संगठन ठूलो ठानी संघर्ष गरिरहेकी कल्पना थापासंग आओर टुरिजम न्युजका प्रधान सम्पादक टंक रेग्मीले कर्णली प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तथा पर्यटनमा युवा महिलालाई पर्यटन व्यवसायमा सहभागी गराउन के गर्नु पर्दछ भनि गरिएको कुराकानिको सम्पादित अंश ।

कर्णाली प्रदेशको पर्यटनको सम्भाव्यता कस्तो छ ?

कर्णाली प्रदेश भैगोलिक बनावटका दृष्ट्रिकोणले उपयुक्त छ । पर्यटकीय हिसावले कर्णाली प्रदेश ऐतहासिक प्रदेश पनि हो । यहाँ प्राचिन खस राज्य , लगायत अन्य विभिन्न स साना राज्य भएका ठाउँहरु रहेका छन् । यस प्रदेशमा धेरै जनजातीहरुको बसोबास रहेको छ । सांस्कृतिक सम्पदा पनि कर्णाली प्रदेश धनी रहेको छ । यस प्रदेशले जैविक विविधता, प्राकृतिक सौन्र्दय, उच्च हिमश्रृङखलाहरुको अवस्थिति, ताल, नदी, झरना, धार्मिक स्थलहरु प्राचिन कला तथा संस्कति, साँस्कृतिक सम्पदा इत्यादिका कारण यो प्रदेशले प्राकृतिक झरना तथा कृतिम (मानव निर्मित) गरी दुबै प्रकारका पर्यटनको सम्भावना बोकेको छ । यस प्रदेशको मुख्य पर्यटकीय क्षेत्रको रुपमा डोल्पामा रहेको से–फोक्सुन्डो ताल, मुगुको रारा ताल तथा जुम्ला क्षेत्र, दैलेखको पंञ्चकोशी, सुर्खेतको बुलबुले ताल र काक्रेबिहार क्षेत्र पर्यटनको मुख्य आकर्षक गन्तव्य हुन् । यसका अलवा सुर्खेत दैलेख, डोल्पा, जुम्ला, मुग, हुम्ला, कालिकोट, जाजरकोट, सल्यान, रूकुम (पश्चिम भाग), जिल्लाहरुमा रहेका धार्मिक तथा अन्य पर्यटनको पनि सम्भावना रहेको छ ।

कर्णाली प्रदेश सरकारले पर्यटनमा युवालाई संलग्न गराउन कस्तो भूमिका खेल्नुपर्ला ?
कर्णाली प्रदेश सरकारको आर्थिक स्रोत भनेको पर्यटन हो । विभिन्न जिल्लामा रहेका पर्यटकीय ठाउँहरुमा रणनीतिहरु तयार गरी युवालाई सहभागी गराउनु पर्दछ । नेपालमा नै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्थामा कर्णाली प्रदेश सरकारले पर्यटनको विकासबाट वर्तमानका साथै भविष्यप्रति पनि उत्तरदायी हुने दिगो शैलीको पर्यटन विकासका अभियानमा शिक्षित युवाहरूलाई उत्प्रेरित गर्नु पर्दछ । युवा वर्गलाई परिचालित गरी पर्यटनको विकास गर्नु भनेको प्रदेश सरकारको अस्तित्व तथा स्वाभिमानलाई उचो राख्नु हो । अहिलेसम्म नेपालको पर्यटन व्यवसायलाई हेर्ने हो भने हिमाल आरोहण, धार्मिकस्थलको यात्रा र जलयात्राले पर्यटकलाई आकर्षण गर्न सफल भएको देख्न सकिन्छ । कर्णली प्रदेशमा यसको सम्भावना प्रचुर मात्रामा रहेको छ ।


पर्यटन क्षेत्रमा महिलाहरुको उपस्थिति कम देखिनुको कारण के हो ?
हाम्रो पुरुष प्रधान समाजमा महिला लाई हेर्ने दृष्टिकोण फरक छ । जहिले पनि सामर्थ र मुल्यांकनका कुरा आँउदा महिला लाई ओझेल पारिन्छ । जबकी एउटी महिला ले घर(व्यवहारको दायित्व सँगै पुरुषको काँधमा काँध मिलाएर सक्रिय हुन्छिन । ति महिलालाई राज्यले पर्यटन क्षेत्रमा सामेल गर्ने बातावरण नबनाउनु, महिलाको स्तर उन्नति हुने खालको कार्यक्रम नल्याउनु ले पर्यटनमा महिलको सहभागिता कम देखिएको हो ।

कर्णाली प्रदेशको पर्यटनक्षेत्रको विकासका लागि राज्यले के गर्नु पर्ला ?
नेपाल क्षेत्रफलका आधारमा सानो र आर्थिक रुपले विपन्न राष्ट्र भए पनि यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आज पनि नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरु मध्ये एकका रुपमा परिचित छ । कर्णाली प्रदेशमा पाईने प्राकृतिक, सांस्कृतिक धार्मिक, साहसिक तथा मनोराजन पर्यटन आदिको उत्तिकै सम्भावना रहेको छ । यसलाई नेपाल सरकारले विकास र प्रवर्द्धनका लागि जोडदिंदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गर्नु पर्दछ । पर्यटन उद्योगको विकास र प्रवर्द्धनका लागि पर्यटनसँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार तथा विकास र प्रवर्द्धन गर्नुपर्छ । अल्पकालीन तथा दीर्घकालीन रुपमा दुइ किसिमले आन्तरिक पर्यटन बजार प्रवर्द्धन गर्न गर्नुपर्दछ । संचार माध्यमबाट विज्ञापन गराएर ब्रोसर बाँडेर समय समयमा पर्यटन मेला आयोजना गरेर सभा सम्मेलन आदिका माध्यमद्धारा अल्पकालीन रुपममा पर्यटन बजार प्रवर्द्धन गर्नु पर्दछ, भने विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा पर्यटनसम्बन्धी विषयहरु समावेस गरेर योजनाबद्ध किसिमले बजार प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरेर संचारमाध्यमहरुबाट नियमित रुपमा कार्यक्रमहरु संचालनका साथै विज्ञापन गराएर, लेख, रचना, किताव प्रकाशन, गरेर तथा पर्यटन व्यवस्थापनका निश्चित विषयहरु होटल व्यवस्थापन, यातायात व्यवस्थापन आदिको अध्ययन अध्यापन र तालीम प्रदान गरेर दीर्घकालीन रुपमा आन्तरिक तथा वाह्य पर्यटन बजार प्रवर्द्धन गर्नु पर्दछ ।

कर्णाली प्रदेश भित्र पर्यटनका के कस्ता चुनौतिहरु रहेका छन् ?

कर्णाली प्रदेशमा पर्यटनको संभावना भएको धेरै क्षेत्रहरु रहेका छन् तर ति क्षेत्रहरुको विकासका चुनौतिहरु पनि उतिकै मात्रामा रहेका छन् । उपलब्ध हवाई यातायत सस्तो तथा मैसमका कारण विश्वसनिय नहुनु यसको चुनौतिको विषय रहेको छ । सडक यातायतको साथै अन्य पर्यटकीय पूर्वाधारहरुको विकास न्यून स्तरमा रहनु ले पनि यस क्षेत्रको पर्यटन माथि उल्कन नसक्नु हो । पर्यकटीय सम्भावना बोकेका तथा बोक्न सक्ने क्षेत्रहरुको बिकास तथा प्रचार प्रसारको कमिले यस प्रदेश पछि परेको छ । स्थानिय स्थरमा अशिक्षा तथा अज्ञानताको अवस्था व्यात र जनचेतनाको कमी, पूँजी तथा दक्ष जनशत्तिको अभाव, स्थानीय जनसमुदायहरुले स्वरोजगार श्रृजना गर्ने भन्दा परनिर्भतालाई बढि प्राथमिकता दिनु, स्थानीय समुदायमा स्थानीय स्थरको साधन स्रोतको पहिचालन गरि नयाँ कार्य गर्ने सोचको अभाव नै मूख्य चुनौतिको रुपमा रहेको छ ।

पर्यटनका चुनौतिको समाधानको प्रमुख उपाय के हुन सक्छ ?
प्रदेश तथा केन्द्रिय सरकारले सर्वप्रथम पूर्वाधारमा जोड दिनु पर्दछ । नियमित वाहाइ तथा यातायत सडकमार्ग सुचारु गर्नु पर्दछ । पर्यटकलाई उल्लेख्यीय सङ्ख्यामा प्रदेशमा भित्राउने कार्यक्रम बढीभन्दा बढी प्रभावकारी बनाउनुपर्छ । कर्णाली प्रदेशमा रहेका नेपाली कला, संस्कृति, सभ्यता, रहनसहनका साथै पर्यटकलाई आकर्षित गर्ने विविध क्षेत्रको प्रचारप्रसार गर्नु पर्दछ । अहिले नेपाल आएकामध्ये अधिकांश साहसिक पर्यटक रहेका छन् । त्यसबाहेक नेपाली कला, संस्कृति, मनोरञ्जन, दृश्यावलोकन गर्न आउने पर्यटकका लागि पनि उनीहरूले चाहेजस्तो वातावरण बनाउनुपर्छ । अनि मात्र प्रदेश सरकारले चाहे जस्तो आर्थिक समृद्धि हासिल गर्न सक्छ ।