बिहिबार देखि काठमाडौँमा शुरु हुदै, पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो र अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्ट

नेपालको पर्यटनलाई विश्व बजारमा चिनाउन भोलि देखि काठमाडौँमा हिमालयन ट्राभल मार्ट शुरु हुने भएको छ । बिभिन्न देशबाट ट्राभल मार्टमा ५४ देशका २३० जनाको सहभागिता रहने आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ ।

जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा हुने हिमालयन ट्राभल मार्टमा सहभागिहरु आइपुगेका छन् । मार्टमा बेलायत,अमेरिका,भारत,दक्षिण अमेरकिा,चीन, सिगापुर,श्रीलंका,कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनस“गै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ ।

यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने आयोजकले जनाएका छन् । नाकाबन्दी र महाबिनाशकारी भूकम्प ले थिलथिलो पारेको नेपालको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए ।

नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशे ढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् ।

यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ ।