१३ जिल्लाका नगर प्रमुुखहरुको भनाई : पर्यटन नगरी बनाउन लागिपरेका छौँ

टंक प्रसाद रेग्मी

ललितपुर महानगरपालिकालार्ई फाईन आर्ट सिटी’ घोषण गदैछौँ

चिरीबाबु महर्जन
नगर प्रमुख
ललितपुर महानगरपालिका, ललितपुर

भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी जिल्लाको रुपमा ललितपुर जिल्ला रहेको छ । पर्यटकीय नगर बनाउनको लागि ललितपुर महानगरपालिकाले पहिलो चरणमा मिनिस्टेट ट्रान्सपोर्टेसन मास्टर प्लान तयार गदै छ । पर्यटक आवागमनलाई सहज होस भनि पाटन दरवार स्क्वायर क्षेत्रमा मोटर साईकललाई मात्र प्रवेश गर्न दिने योजना बनाएका छौँ । भूक्म्पबाट जति पनि सम्पदामा क्षति भएको छ तिनिहरुको पहिलो चरणमा पुननिर्माणको काम भई रहेको छ । अहिले सम्म ८० प्रतिशतको काम सकिएको र वाँकि २० प्रतिशतको काम समयमै सक्ने लक्ष लिएका छौँ । दोस्रो चरणमा ललितपुर महानगरपालिका भित्रका सम्पदा भन्दा बाहिरका पर्यटकीय क्षेत्रको निर्माण गर्ने योजना बनाएका छौँ । तेस्रो चरणमा ललितपुर महानगरपालिकालाई पाmईन आर्ट सिटी को घोषण गर्ने छौँ त्यसको लागि पूर्वाधारको काममा हामी लागि परेका छौँ । हिजोका गाउँपालिकाहरु महानगर हुँदा मर्ज भएका छन् त्यहाँ पनि पर्यटकीय गन्तव्य रहेको छ । खोकना, बुङमति, धापाखेल, हरिसिद्धि, लाई समेटेर पर्यटकीय सर्किट बनाई निकट भविष्यमा हामी घोषणा गर्ने योजना बनाएका छौँ ।

पर्यटकीय क्षेत्रमा केवलका चलाउन सम्भाव्यता अध्ययन भईरहेको छ

हरि बहादुर महत
नगर प्रमुख
हेटैडा उप–महानगरपालिका

हेटैडा उप–महानगरपालिका भित्र पर्यटकीय क्षेत्रहरु थुप्रै रहेका छन । यहाँ धार्मिक तथा सास्कृतिक पर्यटकीय स्थलहरुको उप–महानगरपालिकाले सम्भाव्यता अध्ययन गरिरहेको छ । हेटौडामा रहेको शहिद स्मारक पार्क, पुष्पलाल पार्क, वंशाली, कुशमा , ऐतिहासिक गढी, दरबरहरु पर्यटकीय स्थलका रुपमा रहेका छन् । पर्यटकीय स्थलहरुलाई लक्षित गरी उप–महानगरपालिकाले केबुलकार चलाउन सकिन्छ कि भनेर सम्भाव्यता अध्यन गरिरहेको छ । नेपाल सरकारले हेटौडा जिल्ला लाई देशकै सफा सहरको सूचिमा राख्दै आएको छ । यसले गर्दा हेटौडा जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटक घुम्न जानुपर्दछ भन्ने जनभावना रहेको छ ।

भक्तपुर नगरलाई सास्कृतिक शहरको रुपमा घोषण गदैछौँ 

सुनिल प्रजापति
नगर प्रमुख
भक्तपुर नगरपालिका, भक्तपुर

भक्तपुर जिल्ला एक धार्मिक , सास्कृतिक, पूरातात्त्तिक तथा पर्यटकीय जिल्ला हो । भूकम्पले क्षति गरेको भक्तपुर नगरपालिका भित्र रहेका ऐतिहासिक, सास्कृतिक सम्पदाहहरुको पुननिर्माणमा नगरपालिका जुटेको छ । पर्यटकको बसाई लम्बयाउन नगरमा रहेका पर्यटकीय स्थलहरुको केहिको पुननिर्माण गरिएको छ भने केहि हुने क्रममा रहेको छ । ठूला ठूला पर्यटकीय संरचनाहरुको निर्माण अध्ययनको क्रममा रहेको छ । जिल्लामा रहेका पर्यटकीय पाटी, पौवा, ढुङ्गे धाराहरुको पुननिर्माणमा भक्तपुर नगरपालिका जुटिरहेको छ । यतिबेला पुराना पर्यटकीय सडक मार्गमा ढुङ्गा छाप्ने काम भईरहेको छ यसले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । ऐतिहासिक तथा सास्कृतिक रुपमा अब्ल रहेको भक्ततपुर नगरलाई सास्कृतिक नगरको रुपमा घोषणमा गर्न भक्तपुर नगरपालिका जुटेको छ ।

रत्ननगर नगरपालिकालाई ग्रिन सिटी बनाउदैछौँ

नारायण वन
नगर प्रमुख
रत्ननगर नगरपालिका, चितावन

पर्यटकीय हिसावले चितावनको सौराहा तेस्रो गन्तव्य स्थान हो । आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा रहेको सौराहा क्षेत्रलाई रत्ननगर नगरपालिकाले माईस टुरिजमको रुपमा अगाडि बडाउने योजना बनाएको छ । सौराहामा अत्याधुनिक सुविधा सम्मपन्न वसपार्क तथा पर्यटन सुचना केन्द्रको स्थापनामा नगरपालिका सटेको छ । नगरपालिकाले सौराहा क्षेत्रको अवलोकनका लागि एउटा भ्यू टावरको निर्माण गर्ने योजना बनाएको छ । साबिकको पदमपुरमा डेढसय विगाहामा सबै किसिमका चराचुरुङ्गी अटाउन सकिने मानवनिर्मित देशकै ठूलो ताल बनाउने योजना नगरपालिकाले बनाएको छ । वन्यजन्तु जनावरका लागि अस्पताल निर्माण गर्ने योजना बनाएका छौँ । र घाइते वन्यजन्तु जनावरका लागि राष्ट्रिय प्राकृतिक संरक्षण कोष र राष्ट्रिय निकुञ्जसंग छलफल अगाडि बढाएका छौँ । पर्यटकीय क्षेत्र सौराहालाई मध्य नजर गदै रत्ननगर नगरपालिकालाई ग्रिन सिटीको रुपमा लौजादै छौँ । सौराहालाई पहिलो पर्यटको गन्तव्यको रुपमा विकास गर्न सौराहामा अढाई तला भन्दा माथि घर बनाउन नपाउने र पाँच कठ्ठा भन्दा धेरैको क्षेत्रफलमा रिसोर्ट बनाउन नपाउने विषयमा संम्वन्धित पक्षसंग नगरपालिकाले कुराकानि गरिरहेको छ । नगरपालिकाले पर्यटको आकर्षको तथा उनिहरुको बसाई लम्वाउन रत्ननगरमा सास्कृतिक गाउँ तथा होमस्टे को विकास गर्न नगरपालिका लागिरहेको छ ।

पर्यटकीय क्षेत्रको अध्ययन सुरु गरेका छौँ

मोहन बस्नेत
नगर प्रमुख
दक्षिणकाली नगरपालिका, काठमाडौँ

दक्षिणकाली नगरपालिका धार्मिक पर्यटको लागि उपयुक्त ठाउँ हो । यहाँ धार्मिक पर्यटनको अलवा वुद्धिष्टहरुको गुम्बाहरु पनि रहेको छ । यहाँ धेरै जसोे धार्मिक तथा वुद्धिष्ट पर्यटकहरु धेरै मात्रामा आउने गरेका छन् । डाँडाँहरुले घेरिएको दक्षिणकाली घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि नगरपालिकाले पर्यटकीय क्षेत्रहरुमा शैचालय निर्माणा गरिहरेको छ । दक्षिणकाली नगरपालिकालाई पर्यटकीय नगरको रुपमा बिकास गर्नको लागि यहाँ रहेका चम्पादेवी, बाबाचौर मा आन्तरिक तथा वाह्य पर्यटक लैजानको लागि नगरपालिकाले अध्ययन सुरु गदै योजना तर्जुमा गरिरहेको छ । पर्यटकीय दूरिका हिसावले काठमाडौँ, भक्तपुर, लालितपुर बाट नजिकै भएकाले यहाँ रहेका रमरणिाय पर्यटकीय स्थलहरुको सहजै अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय नगरपालिका बनाउन गुरुयोजना बनाएकाछौँ

भीम न्यौपाने
नगर प्रमुख
पनौती नगरपालिका, काभ्रेपलाञ्चोक

पनौती नगरपालिका धार्मिक तथा पुरातात्विवक नगर हो । नगरपालिकाले पर्यटकीय नगर बनाउन गुरुयोजना बनाएको छ । धार्मिक पर्यटकहरु १२ वर्षमा एक पटक लाग्ने मंकर मेलामा आउने गर्दछन् । पर्यटकीय क्षेत्रको रुपमा फूलचोकी, कलथली, देवीस्थान, त्रिवेणीघाट, पलाटेको मगर गाउँ, उजिन डाँडाँहरु पर्यटकका लागि उपयुक्त ठाउँ हुन् । यि ठाउँहरुलाई पनौति नगरपालिकाले गुरुयोजना बनाई काम अगाडि बढाएको छ । भक्तपुरको लाकुरीभ्याङ र लालितपुरको गोदावरीबाट धार्मिक सर्किट स्थापना गर्न पर्यटन वोर्डको सहयोगमा अहिले सिढिहरु बनाउदै आईरहेका छौँ । फूलचोकि धुनर्खकको नारनथान हुदै नववुद्ध नगरकोट सम्म सिढि हरु बनाउने हाम्रो योजना रहेको छ । अहिले हामीले कुशादेवीको नागिडाँडाँ देखि चियाँभ्याज्ङ सम्म सिढि बनेको छ । यसले आन्तरिक तथा वाह्य पर्यटकलाई पनौतिका पर्यटकीय ठाउँहरुको अवलोकन गर्न सहजता ल्याएको छ । धार्मिक पर्यटनको स्थान पनौति भएकाले पनौति नगरपालिकाले पर्यटनलाई विकासलाई उच्च स्थानमा राखेको छ ।

पर्यटकीय नगर बनाउन उत्साहितछौँ

भीम प्रसाद ढुङ्गाना
नगर प्रमुख
नीलकण्ठ नगरपालिका , धादिङ

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ पर्यटनका लागि उपयुक्त जिल्ला हो । पर्यटकीय नगर बनाउन नीलकण्ठ नगरपालिका उत्साहित छ । यहाँबाट गणेश हिमाल, सजिलै देख्न सकिन्छ । यसका अलवा विहान उदाउदै गरेको सूर्य तथा साझ अस्ताउदै गरेको सूर्य देख्न सकिन्छ । रमणिय डाँडौ डाँडाले घेरीएको नीलकण्ठ नगरपालिका भित्र पर्यटनका लागि पर्यटकीय गुम्बा, दरबार, आदि रहेका छन् । यसलाई नगरपालिकाले डाँडाँ र गुम्बाहरुमा भ्यूउँ टावर र होमस्टे निमार्णका लागि एक किसिमको खाका तयार पारि लागु गर्ने योजनामा रहेको छ ।

पृथ्वी नारायण शाहाले एकिकरण गरेको ठाउँमा सम्पदा बस्तीको विस्तार गदैछौँ  

सञ्जु पण्डित
नगर प्रमुख
विदुर नगरपालिका, नुवाकोट

नुवाकोट जिल्ला आफैमा ऐतिहासिक जिल्लाको रुपमा रहेको छ । पृथ्वीनारायण शाहले ऐकिकरण गर्ने बेलाका निर्माण गरेका दरबार देखि तिब्त र नेपाल बिच सन्धि भएको सिमाना पर्यटकको लागि उपयुक्त स्थानको रुपमा रहेको छ । विदुर नगरपालिकाले पर्यटकीय नगरको रुपमा बिकास गर्न ऐतिहासिक दरबार, ऐतिहासिक ठाउँ, वरपरका मठ मन्दिर निर्माण , देवीघाट धाम, नौ वटा कोदले बनेको नुवाकोट, भैरमकोट मन्दिर मा कसरी आन्तरिक तथा वाह्य पर्यटक भित्राउने भन्ने योजना बनाई नगरपालिकाले रकम बिनियोजित गरेको छ । पृथ्वीनारायण शाहले एकिकरण गर्दा सुरु गरेको ठाउँमा सम्पदा बस्तिको बिकास गर्न विदुर नगरपालिका लागेको छ । पछिल्लो समय पर्यटकीय स्थानमा पर्यटकका लागि स्तरीय खालका होटल तथा होमस्टेको पनि बिकासले यस ठाउँमा आन्तरिक तथा वाह्य पर्यटक घुम्न आउँछन भन्ने विश्वास हामिले गरेका छौँ ।

थामी जातिको उद्गम स्थलमा म्यूजियम बनाउछौँ

भरत बहादुर केसी
नगर प्रमुख
भीमेश्वर नगरपालिका, दोलखा

भिमेश्वर नगरपालिका दोलखा जिल्लामा पर्दछ । भिमेश्वर नगरपालिका भित्र पर्यटकीय सम्भावना बोकेको ठाउँहरु प्रशस्त्र मात्रारमा रहेका छन् । काठमाडौँ बाट १३३ किलोमिटरको दूरिमा दोलखा पुग्न सकिन्छ । यहाँको प्राकृतिक सौन्दर्य एकदमै समरणिय खालको रहेको छ । विहान उठने वित्तिकै गौरिशंकर हिमाल देखिन्छ । यो ठाउँ धार्मिक पर्यटनको लागि उपयुक्त ठाउँ हो । भिमेश्वर मन्दिर तथा वरिपरिको ऐतिहासिक ठाउँहरु पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु रहेका छन् । अहिले भिमेश्वर मन्दिर पुनर्निमार्णको चरमा रहेको छ । जिल्लामा रहेका महाङकाल मन्दिर कालीन्चोक मन्दिर लगायत थुपै मठ मन्दिरहरु रहेका छन् । यस जिल्लमा हाइकिङ रुढहरु भ्यू टावरहरु लगायतका पर्यटकलाई आर्कर्षित गर्ने थुपै पर्यटकीय ठाउँहरु रहेका छन् । यि ठाउँहरुको यवस्थापन तथा पूर्वाधारको निर्माण गर्ने क्रममा भीमेश्वर नगरपालिका रहेको छ । दोलखा जिल्लालाई पर्यटकीय नगरको रुपमा विकास गर्न हामीले दोलखा जिल्लाको प्रवेशद्धारमा गेट निर्माण तथा पर्यटन सुचना केन्द्र स्थापना गर्ने योजना बनाएका छौँ । जिल्लालाई पर्यटकीय नगरको रुपमा स्थापित गर्न नगरपालिकाले तीन किसमिको पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ । पहिलो धार्मिक पर्यटन, दोस्रो सास्कृतिक पर्यटन र तेस्रो प्राकृतिक पर्यटन को माध्यमबाट जिल्लामा आउने पर्यटकलाई रमण्यि वातावरणको महसुस गराउँने छौँ । हामीले दोलखामा रहेको थामि जातिको उद्गम स्थललाई थामि जातिको ओपन म्युजियमको रुपमा बनाउने योजना बनाएका छौँ । जिल्लामा होमस्टेको योजना पनि बनाउने छौँ । नगरकोट , धुलिखेल पछिको गन्तव्यको रुपमा दोलखालाई चिनाउन हामी लागि परेका छौँ ।

स्थानिय उत्पादनलाई जोड दिदै पर्यटक आकर्षित गर्ने योजना बनाउदैछौँ

खड्ग बहादुर खत्री
नगर प्रमुख
कमलामाई नगरपालिका, सिन्धुली

पर्यटकीय दृष्टिकोणले अत्यन्त सुन्दर सिन्धुली जिल्लाको धार्मिक एवम् ऐतिहासिक महत्व उच्च छ । कमलामाई नगरपालिकाले पर्यटकीय नगर बनाउनको लागि सर्वप्रथम सिन्धुली गढिको व्यवस्थापन गर्नु पर्दछ । ऐतिहासिक गढीलाई व्यवस्तीत रुपमा संरक्षण गरी पर्यटका लागि आकर्षको रुपमा चिनाउनु पर्दछ । कमलामाई नगरपालिका भित्र पर्यटकीय आकर्षका रुपमा रहेका कालिकामाइ मन्दिर, सिद्धबाबा मन्दिर, कुशेश्वर महादेव, कमला नदी, रानीचुरी डाँडो आदि ठाउँलाई नगरपालिकाले गुरु योजना बाएर पर्यटक भित्राउने योजनामा लागेको छ । यसका अलवा सिन्धुली जिल्लामा स्थानियद्धारा उत्पाति अर्गानिक बस्तु हरुलाई मुख्य जोड दिएर पर्यटकलाई आकर्षित बनाउने योजनामा कमलामाई नगरपालिका लागेको छ ।

पर्यटकका लागि चौतारामा चिडिया घर बनाउने योजनामाछौँ

अमान सिं तामाङ
नगर प्रमुख
चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक

प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ट जिल्लाको रुपमा सिन्धुपाल्चोक रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकालाई पर्यटकीय नगरको रुपमा चिनाउन प्रवेशद्धारमा आकर्षक गेट निर्माण गर्ने, सुकुटे वृजमा आन्तरिक तथा वाह्य पर्यटकका लागि रयाफ्टिङ खेल्नका लागि त्यस ठाउँलाई स्तर उन्नती गर्ने, अंग्रेजसंग लड्दा बास बसेको साँगाचोकगढीलाई स्तर उन्नती गर्ने, रानि पोखरीको संरक्षण गदै ठूलो ताल निर्माण गर्ने, र त्यहाँ सबै ठाउँको अवलोकनको लागि भ्यू टावरको निर्माण गर्ने, चौतारामा चिडिया घर बनाउने, आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न बुदिष्ट गुम्बालाई राम्रो बनाउने, भूकम्प पार्क छिटो निर्माण गर्ने, भिमसेनथानमा भ्यू टावर राख्ने, र ठाउँ हेरी चिया बगान बनाउने नगरपालिकाको योजना रहेको छ । जिल्लाका पर्यटकीय गहनाको रुपमा प्राकृतिक सम्पदाहरु, जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु हुन । यिनलाई व्यवस्थित गर्न नगरपालिका लागि परेको छ ।

पर्यटकीय नगर बनाउन गुरुयोजना बनाएका छौँ

रमेश कुमार बस्नेत
नगर प्रमुख
मन्थली नगरपालिका, रामेछाप

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहेको छ रामेछाप जिल्ला । यहाँ पर्यटकका लागि धार्मिक स्थल, ऐतिहासिक गढि, प्राकृतिक सौन्र्दयता रहेको छ । मन्थली नगरपालिकालाई पर्यटकीय नगर बनाउनको लागि यस ठाउँमा रहेका प्राकृति, धार्मिक सम्पदा, ऐतिहासिक गढि संरक्षणा तथा प्रसारप्रसार गर्न नगरपालिकाले गुरु योजना बनाएको छ ।

गाउँपालिका एक्लै ले मात्र गरेर पर्यटकीय क्षेत्रको विकास हुदैन

कार ग्याल्मु तामाङ
उपाध्यक्ष
गोसाईकुण्ड गाउँपालिका, रसुवा

रसुवा जिल्ला चिनीयाँ पर्यटकहरुको प्रमुख आगमन हुने स्थान हो । गोसाईकुण्ड गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रुपमा विकास गर्नको लागि यस क्षेत्रमा रहेका लामटाङ हिमाल, गोसाइकुण्ड क्षेत्रमा पूर्वाधारको विकासमा गाउँपालिका लागेको छ । पछिल्लो समय गाउँपालिकाले भू कम्प पछि क्षति भएको लामटाङ हिमाल जानको लागि बाटो, खाने पानि, लगायतका कार्यमा रकम खर्चिएको छ । गाउँपालिका एकलै ले मात्र गरेर पर्यटकीय क्षेत्रको विकास हुदैन । पर्यटन संग सम्वन्धित निकाए नेपाल टुरिजम बोर्ड र टानले पनि यस क्षेत्रको लागि सहयोगि भूमिका निर्वाह गर्नु पर्दछ । अहिले लामटाङ हिमाल हेर्न जाने पर्यटकबाट टुरिजम बोर्ड र टानले रकम उठाउने गरेका छन् तर उनिहरुले यस क्षेत्रको विकासमा लागाउने गरेका छैनन । एकल गाउँपालिकाको रकमले मात्र विकास सम्भव हुुदैन । हामीले गोसाइ कुण्ड जाने तथा त्याहाँ रेडपाण्डा हेर्नको लागि भ्यू टावरको निमार्ण गदैछौ । यसले आगन्तुक पर्यटकलाई मनोरञ्जन प्रदान गर्नेछ भन्ने विश्वास गाउँपालिकाले गरेको छ ।