वर्दिया जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण

नेपालको आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन विकास एक महत्वपुर्ण क्षेत्र हो । प्रदेश नम्बर ५ काे वर्दिया जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्णा रूपमा रहेकाे छ ।

 नेपालकै सबैभन्दा लामो कर्णाली (गेरुवा) नदिमा बनेको कोठियाघाट सडक पुल यसै जिल्लमा रहेकाे छ । यहाँ एसिया कै १ खम्बाबाट निर्माणा गरिएकाे कर्णाली चिसापानी सडकको पुल पनि यसै जिल्लामा रहेकाे छ ।

अान्तरिक तथा वाह्य पयर्टक घुम्नका लागि बिश्वमै दुर्लभ मानिएको र प्राकृतिक रुपले संरक्षण भएको कृष्णसार यसै जिल्लामा जिलै देख्न पार्इछ । यसका अलवा ८९६ वर्ग मि. मा फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज भित्र रहेका पाटेबाघ, गोही , डल्फिन, गजराज तथा बिश्वकै दुर्लभ खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डांगर गिद्द, सानो खैरो गिद्द, सेतो गिद्द, सुन गिद्द, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंचे, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्ता चरा चुरुंगी तथा बिबिध प्रजातिका जीव जन्तु  यस जिल्लामा सजिलै देख्न सकिन्छ ।