लालिगुँरास नेपाल फुटसल प्रतियोगिताको उपाधी पेपे फुटबल क्लबलाई

प्रथम लालिगुँरास नेपाल फुटसल प्रतियोगिताकाे उपाधि पेपे फुटबल क्लबले जितेको छ । राजधानीकाे  महाराजगन्जमा रहेको स्काई फुटसलमा भएकाे प्रतियोगितामा पासिकोट क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै पेपे फुटबल क्लबले उपाधि  जितेको हाे ।

बुनपा १० का अध्यक्ष नवराज भट्टराईले उत्घाटन गरेको प्रतियोगिताको समापन प्रदेश सभा सदस्य कुशुम कुमार कार्कीले गरेका थिए । कार्यक्रममा २५ टिम सहभागी रहेको सुदिप केसीले बताए । प्रतियोगितामा प्रथम भएको टिमले नगद ३५ हजार र द्वितीय भएको टिमले नगद रु १५ हजार सहित शिल्ड मेडल प्राप्त गरे ।