सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

दिपक जैसी


कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक आवागमन लाई मध्य नजर गरि केन्द्र, प्रदेश र स्थानीय तहहरुले पर्यटकीय क्षेत्रहरुमा सहज पूर्वाधारको निमार्ण गर्नु अहिलेको आवशयकता बनेको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्र नगर सुर्खेत पनि पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र हो । यहाँ धार्मिक, साहासिक तथा अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् । ऐतिहासिक तथा धार्मिक पर्यटनको दोस्रो लुम्बिनीको रुपमा रहेको का्रक्रेबिहार यस जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको छ ।

सुर्खेत जिल्लाका पर्यटकीय स्थलहरु
१. काक्रेविहार
सुर्खेत जिल्लाको प्रमूख पर्यटकीय स्थल हो काक्रेविहार । ऐतिहाकि कता कृतिले सजिएको काक्रेबिहार पर्यटको आकर्षण केन्द्र बनेको छ । वरिपरि वनजंगल विचमा पौराणिक कालमा देवि देवताले निर्माण गरेका कलाकृतिले सजिएको काक्रेबिहार लुम्विनी पछिको दोस्रो पर्यटकीय क्षेत्र हो । विरेन्द्र नगरको मंगलगढी चोक बाट ३ किलोमिटको दुरिमा रहेको काक्रेविहार पैदल तथा गाडि बाट सहजै जान सकिन्छ ।

 

२. भेरी कर्णाली संगम स्थल
सुर्खेत जिल्लाको दोस्रो पर्यटकीय स्थलको रुपमा भेरी कणाीली संगम स्थल रहेको छ । हराभरा वनजंगल, स्वच्छ हावापानि, वनजंगलमा रहेका विभिन्न प्रजातिका चराहरुको सुमधुर स्वरले जो कोहिको पनि मनै लोभ्याउँछ । प्राकृतिक हरियाली सुन्दरताले यस क्षेत्र जाने पर्यटकको मनै चन्चल बनाउछ । विरेन्द्रनगर बाट ४५ किलोमिटर पश्चिमको दुरिमा रहेको यस क्षेत्र सहजै जान सकिन्छ ।

 

३. देउती बज्यै मन्दिर
सुर्खेत जिल्लाको धर्मिक पर्यटनको प्रमूख स्थल हो देउती बज्यै मन्दिर । मनको ईच्छा पुरा हुने जनविश्वासका साथ यस मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको घुईचो लाग्ने गर्दछ । विरेन्द्रनगरबाट २.५ किमि दक्षिण पूर्वमा रहेको यो मन्दिरिमा पैदल तथा गाडिबाट सहजै पुग्न   सकिन्छ ।

 

 

४. बुलबुले ताल
सुर्खेत जिल्लाको दुरिको हिसावले नजिकै रहेको एक मात्र पर्यटकीय स्थल हो बुलबुले ताल । यो ताल सानो छ तर यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरु ह्ेर्न आउने गर्दन । यस ताल अवलोकन गर्न आउनेको लागि ढुङगाको व्यवस्था गरिएको छ । वरिपरि गार्डेन रहेको यस तालको मुहानमा सहजै नुहाउन सकिन्छ ।

५. बराहा ताल
सुर्खेतको पश्चिम भागमा रहेको बराहा ताल पर्यटनको लागि एक रमणिय ठाउँ हो । घना जंगलको बिचमा रहेको ताल प्राकृतिक आकर्षको एक नमुना तालको रुपमा रहेको छ । १६ विगाहा क्षेत्रफलमा फैलिएको यस तालमा जानको लागि सुर्खे सदरमुकाम बाट ३० किलोमिटरको दुरिमा रहेको छ ।

६. चमेरे गुफा
सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिकामा अवस्थि चमेरे गुफा पर्यटनको लागि एक गन्तव्य स्थल हो । विरेन्द्रनगबाट करिब ७५ किलोमिटर पश्चिममा अवस्थित यस गुफा पर्यटनको लागि आकर्षणको रुपमा रहेको छ । गुफामा जार्दा पन्चपुरि डाँडाँबाट मनमोहक दृश्यहरु द्येख्न सकिन्छ ।