प्याराग्लाइडिङ खेल सिक्नुहोस् मासिक २ लाख कमाउनुहोस् :महासचिव शैलेन्द्र रावत

पछिल्लाे समय नेपालमा प्याराग्लाइडिङ खेल क्षेत्र बुझनेका लागि राम्राे कमार्इकाे माध्यम बनेकाे छ । पर्यटकीय क्षेत्रहरूकाे विकास  र प्याराग्लाइडिङ  गर्नेहरूकाे चापले यस क्षेत्रमा पाइलटहरु काे अभाव रेहेकाे  नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले  बताउनुभयाे ।

उहाँले  राेजगारि नपाएर विदेशीनु पर्ने तथा  वेराेजगार बस्नु पर्ने वाध्यलातालार्इ प्याराग्लाइडिङ खेल सिकेमा केहि वेराेजगारकाे दरलार्इ घटाउन सक्ने बताउनुभयाे । अहिले नेपालमा प्याराग्लाइडिङ खेल सिक्नकाे लागि निजि क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल छन्। यि स्कुलमा १५ दिनको बेसिक कोर्स गरेपछि आफैँ उड्न सक्ने भर्इन्छ र यसपछि खेलाडी बन्न पार्इन्छ ।

प्याराग्लाइडिङ खेल क्षेत्रबाट मासिक कति अाम्दानी

प्याराग्लाइडिङ खेल क्षेत्रलार्इ अहिले सबै पर्यटकीय क्षेत्रहरूमा अावश्यक छ । सातै प्रदेशमा रहेका पर्यटन मन्त्रालयहरूले पनि यस क्षेत्रलाइ मह्त्वका साथ हेरेका छन् । यस खेल सिकेमा राेजगारि नपाउने भन्ने कुरै छैन । यस खेलबाट मासिक २ लाख देखि माथि कमाउन सकिन्छ । अहिले प्याराग्लाइडिङकाे हव बनेकाे पाेखरामा प्याराग्लाइडिङ पाइलटकाे लतव मासकिक डेढ देखि २ लाख रुपैयाँसम्म रहेकाे छ । उनिहरू दैनिक २ वटा सम्म  फ्लाइट गर्ने गर्दछन् ।

कसरि सिक्ने प्याराग्लाइडिङ

प्याराग्लाइडिङ सिक्नलार्इ नेपालमा सरकारि स्तरबाट भ्रखरै संस्चालित एउटा स्कुल छ  । तर निजि निजी क्षेत्रबाट सञ्चालित दुईवटा स्कुल रहेका छन्।  निजिकाे तुलनामा सरकारी स्तरबाट खाेलिएकाे स्कुल धेरै सस्ताे रहेकाे नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले बताए । धरानमा रहेकाे सरकारी स्कुलबाट १५ दिनकाे १ लाख ७० हजारमा (इन्सुरेन्स, लजिङ, फुडिङ) सहिल सिक्न सकिन्छ ।

कसरी पार्इन्छ कमर्सियल लाइसेन्स ?

बेसिक कोर्स सिकेपछि २ सय घन्टा आकाशमा उड्नुपर्छ। त्यसपछि  एडभान्स पाइलट बनिन्छ। तर कमर्सियल लाइसेन्स लिनकाे लागि रेस्क्यु कोर्स, एसआइभी कोर्स र टेन्डेम कोर्स लिनु पर्दर्छ । यति पढे पछि  बेसिक कोर्स सुरु गरेको समयदेखि करिब १८ महिनाको अवधिमा पाइलटले कमर्सियल लाइसेन्स प्राप्त गर्न सक्छ।