रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

नेपालको सबैभन्दा ठुलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति, रारा एडभेञ्चरप्रा.ली, रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानिहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो ।

उक्त सरसफाईमा १६ बोरा फोहर संगलनगरिएको छ । राराको सुन्दरता नमेटिन दिन राराको सुन्दरता सदियौ सम्मकायम राख्नको लागी रारा सरसफाई अभियान सञ्चालनगरिएको रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायले बताए । उनले राराको महिमालाई बचाउन बिकास समिति दत्तचित्त भएर लागेको र  रारा नेपालकै सम्पती भएकोले रारा संरक्षणमा समय मै ध्यान जानु पर्ने वताए ।

रारामा पछिल्लो समय भू माफियाले रारामा सुविधा सम्पन्न होटलको नाममा गिद्ये नजर लगाएका छन् । अव राराको अस्तित्व संकटमा पर्ने होकि भनेर मुगु वासि चिन्तित छन् । विकासका नाममा रारालाई कतै बाग्मति र पोखराको वाटोमा त लगिदै छैन रारा वचाउ अभियानका अभियाता रोकाया वताउन्छ्न । रोकायका अनुसार यस बर्ष रारा घुम्न आउने पर्यटकहरु बढेसंगै रारा क्षेत्र वरपर प्रदुसित हुदै आएको छ । रारा पर्यटन बिकास समितिले निरन्तर रुपमा राराको सरसफाई गर्दै आईरहेको  छ ।