भ्रमण बर्ष सफल बनाउन नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

पर्यटन भ्रमण बर्ष २०२० लाइ सफल बनाउन नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएकाे छ । बिहीबार साँझ कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे राेहबरमा दुर्इ देशका पर्यटन मन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपालका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बाेडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माअाे हेभेनिलले हस्ताक्षर गरेकाे पत्रमा साताको  १४/१४वटा  फ्लाइट सम्झौतामा भएकाे छ । यसले पर्यटन वर्षलाइ फाइदा पुग्ने छ ।