नेपाल पर्यटन बोर्डको बजेट पारित

आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि नेपाल पर्यटन बोर्डको बजेट पारित भएकाे छ । आव ७५÷७६ का लागि नेपाल पर्यटन बोर्डले १ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको बजेटमा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डले पर्यटन प्रवद्र्धनमा ३७ करोड ३५ लाख, प्रचार प्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार खर्च गर्ने छ

यस्तै बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड ६५ लाख , पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार विनियोजन गरिएको छ । हिमालयन ट्राभल मार्टका लागि २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि  १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ रु ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा ३ करोड बजेट छुट्याइएको छ । बोर्डले गतवर्ष  १ अर्ब ३७ करोड बजेट विनियोजन गरेकाे थियाे ।