वाडा नम्बर १७ : पर्यटन प्रबर्दन समितिको अध्यक्षमा पत्रकार प्रविन तुलाचन

अाअाेर टुरिम न्युज राष्ट्रिय मासिक तथा अनलाइनका सह सम्पादक प्रविन चुलाचन पोखरा महानगरपालिका वडा न १७ काे वडा स्तरिय पर्यटन प्रबर्दन समितिकाे अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।

शुक्रबार होटल ब्रज ईन डेमसाइडमा बसेको भेलाले तुलाचनकाेे अध्यक्षतामा सात सदस्यीय सचिवालय गठन गरिएको छ। वडा न १७ का जनप्रतिनिधि राधिका साही योगीकाे सरक्षणकर्तामा उपाध्यक्ष बिना लोहनी, सचिवमा रूद्र सुवेदी, कोषाध्यक्षमा राकेश श्रेष्ठ चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा सन्तोष भट्टराई, डिल्ली रमण पोख्रेल  चयन हुनुभएकाे छ । यसै गरी उक्त समितिको सल्लाहकारमा वरिष्ठ पर्यटन व्यवसायी तथा होटल ब्रज इन का संचालक बच्चुराम तिवारी ‘भुषण’नरेन्द्र गिरी र वरिष्ठ पर्यटन व्यवसायी चिरिज्जीवी पोख्रेल चयन हुनुभएकाे छ ।

वडा भित्र अवस्थित पर्यटकिय गन्तव्यहरूको पहिचान,सरक्षण र प्रबर्दन गर्ने उद्देश्यले समिति गठन गरिएकाे वडा अध्यक्ष तथा विशेष अतिथि तिर्थ राज अधिकारीले जानाउनुभयाे ।