ईयूको कालोसूचीबाट अझै हट्न सकेनन नेपालका विमान कम्पनीहरु

विगत वर्ष झै यस वर्ष पनि नेपालका विमान कम्पनीहरुलाई युरोपेली युनियन (ईयू)ले कालाे सूचीमा राखेकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले करोडौं रकम  हवाई सुरक्षाका मापदण्ड बनाउन र कार्यान्वनयन गर्न खर्चिए पनि ईयूकाे कालाे सूचीबाट नेपालका विमान कम्पनीहरु हट्न सकेनन ।

युरोपेली युनियन (ईयू)ले शुक्रबार निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसले भर्खरै मात्र  भित्रिएकाे वाइडबडीकाे युरोप उडानको योजना तत्काललाई टरेको छ । भने पर्यटन भ्रमण वर्षलाइ समेत घाटा पुग्ने छ । कालाे सूचीका कारणा नेपालका एयरलाइन्सहरु युरोपेली युनियनमा अावद्ध २८ मुलुकका आकाशमा प्रवेश पाउँदैनन् ।