सिद्धबाबाको महिमा जति  छ त्यति नै खतरा छ ?

धार्मिक तथा एेतिहासिक धराेहरकाे रूपमा रहेकाे पाल्पा जिल्लाकाे दाेभानमा अवस्थित सिद्धबाबा प्रदेश पाँच तथा पश्चिम क्षेत्रकाे ठूलाे धार्मिक क्षेत्र हाे ।

किंवदन्ती अनुसार सिद्धबाबा रामपिथेकसको घुमफिर गर्ने भूमि तथा भर्तृहरिको तपोभूमि पनि हो । यस ठाउँमा उनले आफ्नो वैराग्य जीवन ब्यतित गरी सिद्धि प्राप्त गरेको हुँदा यस ठाउँकाे नाम सिद्धबाबा रहन गएको हाे । भारतका तत्कालीन उज्जैन राज्यका राजा भर्तृहरि भार्इसंगकाे झगडाका कारणा राज्य त्याग गरी यस क्षेत्रमा तपस्या गरेर नाथ सम्प्रदाय अवलम्वन गरी सिद्धि प्राप्त गरेको मन्दिरका पुजारी बताउछन् । यस मन्दिरमा विशाेषगरी शिवजीको पूजाआजा गरिन्छ । मन्दिर परिसरमा शिवजीको मूलमन्दिर,गणेश,नाग,मनसादेवी,विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत छ । खास गरी यस मन्दिरमा शनिवार र सोमवार श्रद्धालु भक्तजनहरुको पूजापाठ गर्न ओइरो लाग्ने गर्दछ ।सिद्धबाबाको महिमा जति नै छ त्यतिनै खतरा पनि छ । कुहिरे भीरबाट खस्ने ढुंगाले सिद्धार्थ लोकमार्ग हुँदै गन्तब्यमा जाने आउनेहरुलाई मानवीय एवम् भौतिक क्षति पुराई रहेको छ ।लाखाै हिन्दु धर्मावलम्वीहरूकाे अास्थाकाे केन्द्र  सिद्धबाबा राज्यकाे फितलाे नितिका कारणा जति चर्चामा हुनुपर्थ्याे त्यति हुन सकेकाे छैन । प्रदेश सरकारले अाफ्ना ठाउँमा रहेका धार्मिक पर्यटकीय क्षेत्रकाे विकास र प्रचार प्रसारमा ध्यान दिनेहाे भने  सिद्धबाबा मन्दिर प्रदेश पाँच तथा पश्चिम क्षेत्रकाे ठूलाे धार्मिक अास्थाकाे केन्द्र बन्ने छ ।