रारा तालमा नाम मात्रको सफाई , पर्यटन मन्त्रीले सफा गरेको ठाउँमा रक्सीका बोतल (भिडियाे सहित)

कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बूढाले  प्लाष्टिकरहित रारा बनाउने अभियान सुभारम्भ गरेकाे ठाउँमा रक्सीका बाेतल फेला परेकाे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा मंसिर १७ गते प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरी सफा गरिएकाे मिलीचौर वरिपरि पानिका बाेतल तथा रक्सीका बाेतल फेला परेकाे छ । अाअाेर टुरिजम न्युजले अाफ्नाे फिल्ड रिपाेटिङ का क्रममा २ दिनकाे अन्तरालमा (मंसिर १९) गते पानीका  बाेतल तथा रक्सीका बाेतल जताततै छरिएकाे अवश्थामा फेला परेकाे हाे । आन्तरिक…

"रारा तालमा नाम मात्रको सफाई , पर्यटन मन्त्रीले सफा गरेको ठाउँमा रक्सीका बोतल (भिडियाे सहित)"

प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास

के.बि.मसाल संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वि भाग), रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया रहेका छन् । विकास भनेको परिवर्तन हो । संघीय संरचनामा अब राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, पर्यटकीय, पर्यावरणीय आदि बिकासको खोजी हुनु…

"प्रदेश ५ : आर्थिक समृद्धिका लागि पर्यटनको विकास"

पर्यटनको पर्खाइमा बराह ताल

दिपक जैसी कर्णाली प्रदेशकाे राजधानी सुर्खेमा अवस्थित बराहा ताल यतिबेला पर्यटककाे पर्खार्इमा रहेकाे छ ।  प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ३० किलोमिटर पश्चिममा सुर्खेत को गहनाको रूपमा रहेको ताल जहाँ प्राकृतिक सुन्दरता २० प्रकारका चराचुङ्गी अनेक किसिमका जनावर पाईने आकर्षक बराहताल जुन घना जंगलको वीचमा अवस्थित छ । २६ बिघा क्षेत्रफलमा फैलिएको वराहतालको गहिराई ५ मिटर र ३ किलोमिटरको घेराईमा रहेको वराहताल पर्यटकको पर्खाईमा रहेको छ । बराह ताल पर्यटन विकास केन्द्र समेत गठन भई संरक्षण र…

"पर्यटनको पर्खाइमा बराह ताल"

हितैषी हिमशिखर

अगनसिंह थापा जस्तोसुकै जोखिम मोल्न तैयार छन् जोकोहीलाई । गर्मीमा पग्लन, जाडोमा जम्न तैयार छन् । तैयार छन् बर्खे झरीमा रुझ्न, चिसो हुरीसंग जुध्न । काधकाधमा-ढाडढाडमा बोकेर कहाँ पुग्नु ? टाउकोमा टेकाएर समेत उठाउछन् अरुलाई । अनि बनाइदिन्छन् रातारात विश्वब्यापी र    महान । गाउँछन् उनीहरूसंगसंगै उमंगको गीत । आफन्त र प्रिय मात्र बनाउदैनन् पराईलाई । गुनमाथि गुनैको पगरी गुथाइदिन्छन् । जुनीजुनीभरलाई पुग्नेगरि । दुनियाँको रहरमा बिना कन्जुस्याइँ निस्वार्थ सेवा गर्ने क्रममा आफैलाई रित्याएर काट्छन् असंख्य…

"हितैषी हिमशिखर"

ईयूको कालोसूचीबाट अझै हट्न सकेनन नेपालका विमान कम्पनीहरु

विगत वर्ष झै यस वर्ष पनि नेपालका विमान कम्पनीहरुलाई युरोपेली युनियन (ईयू)ले कालाे सूचीमा राखेकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले करोडौं रकम  हवाई सुरक्षाका मापदण्ड बनाउन र कार्यान्वनयन गर्न खर्चिए पनि ईयूकाे कालाे सूचीबाट नेपालका विमान कम्पनीहरु हट्न सकेनन । युरोपेली युनियन (ईयू)ले शुक्रबार निकालेको कालोसूचीमा नेपाल एयरलाइन्ससहित नेपालका सबै एयरलाइन्स परेका छन् । यसले भर्खरै मात्र  भित्रिएकाे वाइडबडीकाे युरोप उडानको योजना तत्काललाई टरेको छ । भने पर्यटन भ्रमण वर्षलाइ समेत घाटा…

"ईयूको कालोसूचीबाट अझै हट्न सकेनन नेपालका विमान कम्पनीहरु"

वाडा नम्बर १७ : पर्यटन प्रबर्दन समितिको अध्यक्षमा पत्रकार प्रविन तुलाचन

अाअाेर टुरिम न्युज राष्ट्रिय मासिक तथा अनलाइनका सह सम्पादक प्रविन चुलाचन पोखरा महानगरपालिका वडा न १७ काे वडा स्तरिय पर्यटन प्रबर्दन समितिकाे अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । शुक्रबार होटल ब्रज ईन डेमसाइडमा बसेको भेलाले तुलाचनकाेे अध्यक्षतामा सात सदस्यीय सचिवालय गठन गरिएको छ। वडा न १७ का जनप्रतिनिधि राधिका साही योगीकाे सरक्षणकर्तामा उपाध्यक्ष बिना लोहनी, सचिवमा रूद्र सुवेदी, कोषाध्यक्षमा राकेश श्रेष्ठ चयन हुनुभएकाे छ । यस्तै सदस्यहरूमा सन्तोष भट्टराई, डिल्ली रमण पोख्रेल  चयन हुनुभएकाे छ ।…

"वाडा नम्बर १७ : पर्यटन प्रबर्दन समितिको अध्यक्षमा पत्रकार प्रविन तुलाचन"

नेपाल पर्यटन बोर्डको बजेट पारित

आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि नेपाल पर्यटन बोर्डको बजेट पारित भएकाे छ । आव ७५÷७६ का लागि नेपाल पर्यटन बोर्डले १ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।बोर्ड सञ्चालक समितिले स्वीकृत गरेको बजेटमा पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डले पर्यटन प्रवद्र्धनमा ३७ करोड ३५ लाख, प्रचार प्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार खर्च गर्ने छ यस्तै बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड…

"नेपाल पर्यटन बोर्डको बजेट पारित"

भ्रमण बर्ष सफल बनाउन नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

पर्यटन भ्रमण बर्ष २०२० लाइ सफल बनाउन नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएकाे छ । बिहीबार साँझ कम्बोडियाका प्रधानमन्त्री हुन सेन र नेपालका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे राेहबरमा दुर्इ देशका पर्यटन मन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपालका पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बाेडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माअाे हेभेनिलले हस्ताक्षर गरेकाे पत्रमा साताको  १४/१४वटा  फ्लाइट सम्झौतामा भएकाे छ । यसले पर्यटन वर्षलाइ फाइदा पुग्ने छ ।

"भ्रमण बर्ष सफल बनाउन नेपाल र कम्बोडियाबीच हवाई सम्झौता"