हाम्रो बारेमा

नेपाल, विश्को सर्वोच्च शिखर सगरमाथाको देश, विश्वका १० वटा शिखरहरुमध्ये ८ वटा शिखरहरु रहेको देश, सानाठूला गरी करीब पाँचहजार तालललैया, जलाशय तथा पोखरीहरु हेको देश, वार्षिक करिब ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमताले सम्पन्न अविरल बगिरहेको नदीनालाहरुको देश, क्षेत्रफलका हिसाबले सानै भएतापनि विभिन जातजाति भाषाभाषी तथा संस्कृतिले सुशोभित देश, विश्व शान्तिका अग्रदूत गौतम बुद्ध तथा भृकुटी र जानकीजस्ता आदर्श नारीहरुको जन्मभूमि, समस्त हिन्दू धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल पशुपतिनाथ तथा छुट्टै आकार प्रकारको राष्ट्रिय झण्डा रहेको संसारको एकमात्र देशका रुपमा विश्व प्रसिद्ध रहेको छ ।

विगतका पर्यटनसम्बन्धी गतिविधि हेर्दा केही अपवाद बाहेक बर्षेनी पर्यटकहरुको आगमन संख्या बढ्दो छ र यसै तथ्यलाई आधारमानी पर्यटन विकास र प्रवद्र्धनले पनि निरन्तरता पाउँदै आएको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरन्जन घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र भएकाले नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्ध््र््धनका लागि जोड दिंदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गरेको छ । देशको अस्थिर अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई यो प्रयास सम्वृद्धिको एउटा खुड्किलो सावित हुन सक्छ तर यसका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरुको पहल र जागरुकताको आवश्यकता पर्दछ ।

यसै कुरालाई मनन गरी टिएमएन मिडियाले आओर टुरिजम राष्ट्रिय मासिक तथा अनलाईन संस्करण आओर टुरिजम न्युज डटकम मिडिया अाएको छ । संम्वन्धित संस्थाहरुमा दर्ता भई सञ्चालन अनुमति लिएको यस मिडियाले नेपालको पर्यटन प्रवद्र्धनमा मुख्य जोड दिएको छ । हाम्रो अनलाईन संस्करणमा नेपाली तथा अङ्ग्रेजी भाषाका माध्यमबाट विश्वमा रहेका मानिसहरुलाई नेपालको पर्यटनको बारेमा जानकारी दिएका छौँ । हामीले आन्तरिक पर्यटकलाई पर्यटकीय क्षेत्रहरुमा घुम्ने वातावरण मिलाउने विश्वास लिएकाछौँ ।

नेपालका पर्यटकीय क्षेत्रहरुलाई विश्वसामु चिनाउनको लागि आफ्नो गाउँ, टोल तथा शहरहरु भित्रका पुराताŒिवक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा हामीलाई जानकारी सल्लाह सुझाब, तस्वीर उपलब्ध गराऔँ । लुकेर रहेका वा संरक्षणको अभावमा जीर्ण हुदै गएका सम्पदाहरुका बारेमा हाम्राे यो मिडियाको माध्यमबाट आफ्नो आवाज तथा भावनालाई राष्ट्रियताको जगेर्नाको लागि संगठित तुल्याऔँ ।

नेपालको पर्यटन प्रवद्र्धमा तपाई आजै अठोट गर्नुहोस् । तथा नेपाललाई विश्वसामु एक पर्यटकीय मुलुक हो भन्ने अभियानसँग काँधमा काँध मिलाएर अघि बढौँ । पर्यटकीय क्षेत्र हरुको नयाँ पहिचान गरि नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनि यस संस्थाले तपाईहरुसंग पर्यटन प्रवद्र्धन गर्ने खालका लेख रचना, जानकारी तथा सुझाबहरुलाई आफ्नो पत्रिका मार्फत प्रकाशित गदै जाने छ । जसले पर्यटन प्रवद्र्धनका लागि तपाईको व्यक्तिगत भूमिकालाई समेत विश्वभर चिनाउने छ ।

सम्पर्क
टिएमएन मिडिया प्रा.लि

आओर टुरिजम न्युज डटकम
कीर्तिपूर २ काठमाडौँ नेपाल
फाेन ९८५१२०३७३०
वेसाइट : www.ourtourismnews.com
ईमेल : ourtourismnews@gmail.com


© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी