पर्यटनको पर्खाइमा बराह ताल



कर्णाली प्रदेशकाे राजधानी सुर्खेमा अवस्थित बराहा ताल यतिबेला पर्यटककाे पर्खार्इमा रहेकाे छ । प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ३० किलोमिटर पश्चिममा सुर्खेत को गहनाको रूपमा रहेको ताल जहाँ प्राकृतिक सुन्दरता २० प्रकारका चराचुङ्गी अनेक किसिमका जनावर पाईने आकर्षक बराहताल जुन घना जंगलको वीचमा अवस्थित छ । २६ बिघा क्षेत्रफलमा फैलिएको वराहतालको गहिराई ५ मिटर र ३ किलोमिटरको घेराईमा रहेको वराहताल पर्यटकको पर्खाईमा रहेको छ । बराह ताल पर्यटन विकास केन्द्र समेत गठन भई संरक्षण र पर्यटन प्रवर्द्धनका लागी त्यहाँका जनताहरुले तालमा रहेका जलकुम्भी लगाएत फोहोरलाई समेत सफा गरी सुन्दर तालको रुपमा परिणत गरि सकेका छन् । आफ्नै किसिमको छुटै प्राकृतिक मनमोहकले भरिपुर्ण वराहतालको सौन्दर्यता अवलोकनका लागी पर्यटकहरु जान सकेका छैनन।

डाँडाकाडा ले घेरिएको बराह ताल वरिपरि जंगल छ। यसले गर्दा विभिन्न प्रजातिका चराहरूले पर्यटकलाई बोलाइरहेका छन्। अहिले आन्तरिक पर्यटक मात्रभित्रिएका छन् भने वाह्यपर्यटकहरुको पर्खाईमा रहेकोछ । वराह ताल जिल्लाकै नमुनाको रुपमा रहेको अतिसुन्दर ताल पर्यटनको पर्खाइमा रहेको छ। सुर्खेत कै ठुलो ताल कर्णाली प्रदेशको राजधानि नजिकै हुँदा हुदै पनि पर्यटकको आर्कषण नहुँदा मन खल्लो समेत भएको स्थानियहरुको भनाई छ । । विभिन्न कला संस्कृतिहरु र सुन्दरतम प्रकृतिले भरिपुर्ण गाउँपालिकालाई बिश्व सामु चिनाई सकारात्मक साेंचका साथ आर्थिक विकासको पाटो पर्यटन क्षेत्रको बिकास गर्न उत्कृष्ट गन्तव्य स्थलहरुको रुपमा रहेको गाउँपालिका जहाँ प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहु भाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको हजारौं पर्यटक भित्राउन सक्ने थुप्रै सम्भावना रहेको बराहतालबाटै गाउँपालिकाको सम्बृदिहुनेमादुईमत छैन ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • VNY campaign for 2020 and beyond: Vaidya
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी