देवराज जैसी



नीति निर्माण तहमा सम्बन्धित बिषय भन्दा बाहिरका ब्यक्ती को हातमा गयो भने त्यो माछा समात्न खोज्ने मान्छे भिर पाखा तिर हिडेजस्तो हुदोरहेछ । जाबो तीन वटा राफ्टिङ्ग बोट महाकाली मा चलाउन काठमाडौ , चितवन बाट काम भएपनी नभएपनी नेपाल सरकार का मुख्य सचिब सरहको हिसाबले आउने दैनिक भत्ता , खाना, बाँस , नास्ता आएको दिन को भत्ता गएको दिनको भत्ता दिनु पर्छ जबकी यस क्षेत्रका बहुसंख्यक नदिकिनारामा बसोबास गर्ने डुङ्गा खियाउने परम्परागत पेशा भएका हजारौं युवा बेरोजगार छन् यता दर्जनौं राफ्टिङ बोट भएर पनि गाईड अभाव ले बोट थन्काएका छ तर केही केही साथीहरू भावना बगेर कर्णाली मा एक सय वटा बोट कसैले 120 वटा बोट कसैले 200 वटा बोट एकसाथ चलाएर गिनिज बूक मा नाम लेखाउने रहर गरेको र त्यसले राफ्टिङ क्षेत्र लाई फाईदा पुग्ने बताउँदा उदेकलागेर आउँछ । हामीलाई 10 वटा मात्रै बोट सन्चालन गर्न सक्ने स्थानीय स्तरका दक्ष गाईड उत्पादन गरिदिए पुग्छ । जसमध्ये दुईजना महाकाली, दुईजना पश्चिम सेती , दुई जना बाजुरा स्थित कर्णाली , दुईजना राकम कर्णाली , दुईजना तल्लो कर्णाली ( सेती र कर्णाली दोभान ) र दुई जना चिसापानी देखि टिकापुर सम्म लाई गरि जम्मा 12 जना मध्य हाल दुईजना ईजाजत प्राप्त गाईड कालु चौधरि र बल बहादुर राजी आवद्ध छन् भने बाकी 10 जना गाइड को चरम अभाव छ तर सुदुरपस्चिम प्रदेश सरकार कहिले राफ्टीङ करिडोर भन्छ कहिले गिनिज बूक मा नाम लेखाउने भन्छ कहिले के के ? करिव 10 लाख खर्च गरेर आवाशिय सुबिधा सहित को तीन महिनाको प्रयोगात्मक तालिम दिए म रोजगारिको ग्यारेन्टी लिन्छु नसके प्रदेश सरकार को तालिम मा लागेको खर्छ पुरै ब्योहोर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • फेवाताल पुरिन सक्ने-पोष्टराज चपाई
  • अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा
  • २२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली
  • बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध- सुर्य थापा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी