नेपालको पर्यटन प्रर्वधन गर्न टान पश्चिमाञ्चलको टोली इन्डोनेसिया प्रस्थान



नेपालकाे समग्र पर्यटनकाे प्रर्वधन गर्न टान पश्चिमाञ्चल च्याप्टरकाे टाेली शुक्रबार साझ इन्डोनेसिया प्रस्थान गरेकाे छ । नेपालकाे पदयात्रा क्षेत्रमा पछिल्लाे समय विदेशी पर्यटकाे अागमन बढाउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरकाे २२ सदस्सीय टाेलीलाइ केन्द्रिय टान तथा नेपाल टुरिजम बाेर्डका सिइअाे दिपकराज जाेशीले विधार्इ गरेका छन् ।

विधार्इ गर्दै नेपाल पर्यटन बाेर्डका सिइअाे दिपकराज जाेशीले पहिले पहिलेकाे जस्ताे प्रचार नगरी केहि फरक ढङगले प्रचार गर्न जाेड दिनुभयाे । उहाँले पहिले गरिएका प्रचारकाे बारेमा अाफुले भाेगेका कुराहरू  सुनाउदै विदेशी पर्यटकले नेपालकाे हिमाली पदयात्रा बढि रूचाएकाले स्पष्ट तरिकाले पदयात्रा क्षेत्रकाे बारेमा ब्रान्ड बेच्न अाग्रह गर्नु भयाे ।

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नमराज दाहालले टान पश्चिमाञ्चल च्याप्टरले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा नेपालको पदयात्रा क्षेत्रको प्रवद्र्धन गर्न थालेकोमा पश्चिमाञ्चल टान लाइ शुभकामना दिदै यसले नेपाल भ्रम्रण वर्ष २०२० लाइ पनि केहि टेवा पुग्ने बताउनुभयाे ।

नेपाल पर्यटन वाेर्डका सदस्य दिपक महतले विगतमा जस्ताे एक ठाउँकाे मात्र  प्रचार नगरि सम्रग्र क्षेत्रकाे प्रचार गर्नुपर्ने बताउनु भयाे ।

पश्चिमाञ्चल टान पाेखराका अध्यक्ष हरि भुजेलले हिमाली क्षेत्रको पदयात्रा रुचाएका मलेसियन र इन्डोनेसियाली पदयात्रा व्यवसायीसँग भेटघाट र छलफल गर्ने  बताए। भुजेलले हिमाली पदयात्रा रुचाएका मुलुकका पर्यटकलाई लक्ष्य गरेर हामीले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न थालेका हौं। यसबाट ती मुलुुकका पाहुनाको नेपाल आगमन बढ्ने विश्वास छ ,  ‘पदयात्रा रुटको प्रचारप्रसार गर्दा नेपालको पदयात्रामा आउने पर्यटकको हिस्सा थपिने बताउनुभयाे । अाफुले भ्रमणाका क्रममा जाने बुझेका कुरा सबैलाइ जानकारी गराउने बताए । १० दिने भ्रमणमा टान पश्चिमाञ्चल च्याप्टरकाे टाेलीले मलेसिया, इन्डोनेसिया, सिंगापुरका पर्यटन व्यवसायीसंग भेटघाट गर्दै छ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी