स्वच्छ खाँउ स्वास्थ्य बनाैँ- सेफ अर्याल



बिगत १८ वर्षदेखी ईण्डिया, दुवई र नेपालका बिभिन्न शहरहरुका स्टार होटलमा सेफको काम गर्दै अहिले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तरगत शाखा बुटवलको सिद्धार्थ होटलमा सेफको काम गर्दै आउनु भएका मुसिकोट नगरपालिका–६ गुल्मीका युवा सेफ तथा सिद्धार्थ बिजनेश गु्रपअफ हस्पिटालिटी बाट सेफ अफ द ईएरबाट सम्मानित सेफ केशब अर्यालसंग दिपक जैसीले समसामयिक होटलहरुको अवस्था र ग्राहकहरुले अव कस्तो खाना खान उपयुत्त हुन्छ भनि गर्नुभएकाे कुराकानी ;

 

विगत लामो समय देखि होटलमा सेफको काम गर्दै अाउनुभएकाे छ । ग्राहकाे इच्छाअनुसार खानाकाे स्वाद दिन सक्नुभएकाे छ कि छैन ?

नेपालमा विदेशकाे जस्ताे खानाकाे स्वाद दिनकाे लागि खानामा प्रयोग हुने गुणस्तरिय खाद्दय बस्तुको  अभाव छ।तै पनि नेपालकाे परिपेक्षमा बिदेशका होटलहरुको जस्तो खाना नभए पनि हामीले गुणस्तर, स्वच्छ, राम्रो र स्तर अनुसारको खाना दिएका छाैँ । खाना कस्ताे गराउने भन्नेमा सेफकाे प्रमूख भूमिका रहन्छ ।

ग्राहकले कस्ताे खाना मन पराउँछन् ?

पछिल्लाे समाय ग्राहकहरूले ताजा, स्वच्छ , अखाध्य बस्तु नमिसिएकाे खाना पन पराएका छन् । अझ विदेशमा बनाइने विभिन्न परिकारका खानाहरूमा ग्राहककाे बढि रूचि रहेकाे छ । अहिले धेरै जसाे मानिसहरू अर्गानिक खाना रूचाउने गरेका छन् । र हामीले पनि सके जति अर्गानिक खाने कुरा पस्केका छाैँ ।

तपाईको बिचारमा अव नेपालीहरुले कस्तो किसिमको खाना खान उपयुत्त होला ?

अहिले नेपालमा धेरै जसाेले अाफ्नाे स्वास्थ्यका लागि भए पनि अर्गानिक खानेकुरा खाने गरेका छन् । यसले स्वास्थ्य राम्राे हुन्छ । खाना खाँदा पहिलाेकुरा त गुणस्तरमा ध्यान दिनु पर्दछ । सक्भर खाना या खाजा मा कुनै कुसिमकाे रंग मिसिएकाे खाने कुरा खानु हैन । यसले स्वाथ्यमा हानी पुर्याउदछ । अर्काे कुरा माछा मासु खादा फाेर्जन युक्त छाला नभएकाे मासु खानु पर्दछ । यसले राेग लाग्नबाट केहि बचाउँछ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
वास्तवमा नेपालीहरुले के कस्ताे खाना खादा स्वास्थ्यलाइ ठिक हुन्छ भनि  खानाको महत्व बुझन पर्दछ । बाहिरका सडकछेउमा पाइने खाना स्वास्थ्यका लागि उपयुक्त हुदैन याे सबैले बुझनु पर्दछ । सस्ताे पैसामा पाउँने खानामा मिठाे बनाउनका लागि बढि केमिकल मिसाएकाे हुन्छ । यस्ता खाना खादा विशेष ध्यान दिनु पर्दछ ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी