पर्यटकीय सम्भावना बोकको ‘उल्लेरी’



विहान उठने बित्तिकै हिमाल हेर्न पाइयोस ! बिस्तरामा सुती सुती झ्यालबाट आँखा अगाडी नै टाँसिन्छ हिमाल। सहरी क्षेत्रमा बढ्दो सहरीकरण, घना बस्तीमा ठुल ठुला इमारत, भवनहरु निर्माण हुन थाले पछि हिमाल हेर्न डाँडा उकलिनु पर्छ। तर,उललेरीका बासिनदा यस कुरामा भाग्यमानी छन्।

स्थानिय बिहान उठेर हिमालको दर्शन गरे पछि मात्र आफ्नो दिनचर्यामा लाग्छन‌ अनि राती सुत्नु भन्दा अघि दैलोमा उभिएर झिलमिल पोखरा सहरको दृश्या अवलोकन गर्छन। प्राकृतिक तथा सांस्कृतिक महत्व, ट्रेकिङ्ग, हाइकिङ्ग लगाएतका कारणले रमणीय पर्यटकीय गन्तव्य उललेरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ।

विश्रवकै अनौठाे कुमारी हिमाल माछापुच्छ्रे, आठ हजार भन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम गण्डकी प्रदेशकाे धरोहरको रूपमा रहेको छ। आरोहण क्षेत्रमा सबै भन्दा जेठो हिमाल अन्नपूर्ण प्रथमको फ्रान्सेली टोलीले सन १९५० जुन३,तारिखमा सफल आरोहण गरेपछि पोखराको पर्यटन प्रबर्दनमा ठूलो टेवा पुगेको थियो। त्यस पछि देश भरि विकासको लहर चल्दै गरेको बेला उल्लेरी गाँउका केहि जुझारू व्यक्ति,पूर्व गाविस अध्यक्ष स्व.टेक बहादुर गुरुङ्ग हामीहरुले गाँउलाई समृद्धि बनाउनु उद्देशले गाँउ नजिकैका डाँडा जसलाई थाप्ले डाँडा भनिन्छ।

त्यस डाँडाँमा पुगेर विकासको थाल्नी सँगै पर्यटन लाई आत्मसात गरेको उक्त समुहका तत्कालिन वडा अध्यक्ष ७४वर्षिय दुर्गादत लामिछाने बताउछन। पू्र्व गाविस अध्यक्ष स्व टेक बहादुर गुरूङ्ग लगायत हामी दुई चार जनाहरू माथि थाप्ले डाँडामा गएर करिब चार सय मिटर कम्पाउन्ड भित्र बिभिन्न प्रजातिका रूख,बिरूवा रोपने काम गरेका थियौ। एउटा सिद्द बाबाको मन्दिर पनि निर्माण गरिएको लामिछानेले बताए।अब नया पिढिका साथीहरूले गरिने उहाको विश्रवास रहेको छ।

यो क्षेत्र प्राकृतिक तथा धार्मिक द्रृष्टिले महत्वपूर्ण रहेकोले पछिल्लो समय घुमफिर र क्याम्पिड गर्ने उद्देश्यले ठूलो सख्यामा आन्तरिक एव बाह्यय पर्यटक पुगने गरेको उल्लेरी टोल सुधार समितिका अध्यक्ष बताउछन। पोखरा देखि नजिकै यस क्षेत्र लाई विश्व सामू चिनाउन सके स्थानियहरूको आर्थिक विकास हुनेछ। वर्षौ देखि बिभिन्न जात जातिमिलेर बसेका गुरूङ्ग, बाहुन, क्षेत्री, दलित आदिको ४५ घरधुरी रहेको उल्लेरी कृषिमा पनि अगाडि रहेको छ।

स्थानिय उत्पादन विशेष गरि काक्रा ,हरियो केराउ र आलु प्रशस्त हुन्छ। पर्यटन विकासको लागि पूर्वाधार अति आबश्यक हुन्छ।यो क्षेत्र कृषि र पर्यटनको द्रष्टिले पनि महत्वपूर्ण रहेको छ। यस क्षेत्रको विकास गर्न स्थानियहरू जुर्मुराउदै छन। यति बेला करिब २२सय मिटर अगलो डाडा थाप्ले हिल लाई चिनाउन र धार्मिक पर्यटनको विकास गर्न टोर्के, ढाबा, उल्लेरी, भुम्दी, कालाबाङ्ग लाई समेटेर स्थानियहरू द्दारा विकास समिति निर्माण गरिएको छ।

एक घर एक धारा, मठ मन्दिर, बाटो सर सफाई लगायत थाप्ले हिल माथि भ्यु टावर,पार्क,ट्रष्ट निर्माण आदि कार्य प्राम्भिक चरणमा भइरहेको स्थानिय दुर्गा बहादुर गुरूङ्गले जानकारी दिए।उक्त समितिले देश विदेशमा छरिएर रहेका उल्लेरीबासी सग समाजिक सजाल फेसबुक,मेसेन्जर आदि बाट आर्थिक सकलन कार्य गर्दै आएको छ। हाल सम्म समितिले करिब८लाख रूपैया सकलन गरिसकेको दुर्गा बहादुर गुरूङ्गले जानकारी दिए।

यसै गरि प्रश्स्त पर्यटनको सम्भावना बोकेको उल्लेरीको विकासको लागि गाँउलेहरू कस्सिएको बेला राज्य र स्थानिय सरकारले सहयोग गर्नु पर्छ।थाप्ले हिल (टागर हिल)को सरक्षण र समर्बद्धन गर्न सबैको सहयोगको आवश्यक्ता रहेको थाप्ले हिल विकास तथा धार्मिक पर्यटन समितिका अध्तक्ष मान सिह गुरूङ्गको भनाई रहेको छ।आपसी सद्दभाव,बिभिन्न चाड,पर्ब सामुहिक रूपमा मनाउने चलन र विकास प्रेमी उल्लेरीको विशेषता रहेको छ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी