उल्लेरीमा सामुदायिक होमस्टेका लागि समिति गठन



प्रविन तुलाचन

गण्डकी प्रदेश सरकारले तिन सय होमस्टे निर्माण तथा प्रबर्दन गर्ने निति निर्माण पछि गण्डकी प्रदेश भित्र धमाधम होमस्टे निर्माण हुन थालेको छ। यसै क्रममा पोखरा देखि नजिकै पोखरा महानगर पालिका वडा न २२ अन्तर्गत उल्लेरीको साविक पुम्दी भुम्दीमा स्थानियहरूले सामुदायिक होमस्टे सचालन गर्ने भएका छन।

पोखरा महानगर पालिका भित्रै अति रमणिय गाॅऊ उल्लेरी धार्मिक तथा प्राकृतिक रूपमा पर्यटनको आकर्षण बन्दै गएको छ। यति वेला उल्लेरीको बासिन्दाहरू पर्यटन प्रबर्धन गर्न जुरमुराउदै छन।उल्लेरीको विकास र पर्यटन प्रबर्धन गर्ने उद्देश्यले स्थानियहरूको भेलाले उल्लेरी सामुदायिक होमस्टे संचालनका लागि स्थानिय गणेश बहादुर गुरुङ्गको अध्यक्षतामा समिति गठन गरिएको छ। उपाध्यक्षमा मन बहादुर गुरूङ्ग’कोषाध्यक्षमा शिव कुमारी गुरूङ्ग’सचिव चन्द्र बहादुर रानाभाट’सह सचिव दुर्गा बहादुर गुरूङ्ग रहेका छन।

यसै गरी सदस्य ईश्वर गुरूङ्ग’दिपा पौडेल’सुजन पौडेल’कल्पना लामिछाने’मन ब गुरूङ्ग र डूम बहादुर गुरूङ्ग नथ्थु रहेका छन। समिति गठन पश्चात तत्कालको लागि हाल १० घरमा होमस्टे सचालन गरिएको छ। आगामी दिनमा कम्तिमा पनि २० घरमा होमस्टे सेवा दिन सकिन्छ’समितिका अध्यक्ष गणेश गुरुङ्गले जानकारी दिए।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी