बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध- सुर्य थापा



बुद्ध एयरका नाममा सार्वजनिक अनुराेध

मान्यवर वीरेन्द्रवहादुर बस्नेतजी
नमस्कार ।

तपाईंको नेतृत्वमा निजी क्षेत्रकाे हवाई सेवा कम्पनी – बुद्ध एयरले गरेकाे प्रगतिप्रति बधाई र अझ उत्तराेत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।
तर पछिल्लो समय यसले यात्रुहरूको सेवा र सुविधाविपरित गरिरहेका केही क्रियाकलापप्रति व्यापक गुनासाे र राेषकाे अवस्था बढिरहेकाले याे खुलापत्र लेखिरहेकाे छु । यसलाई विराेध, भण्डाफाेर र भ्रत्सर्ना नभएर सुधारकाे याचना मात्र हाे भनेर बुझिदिनुहाेला ।
१) उडान ढिलाे हुनुमा अाकस्मिक र हेलचक्राई दुई अलगअलग करण हुनसक्छन्। काउन्टरमा अाएर बाेर्डिङ पास लिँदा उडान १ घण्टा ढिलाे छ भन्नुभन्दा एसएमएसमार्फत पहिल्यै जानकारी गराउन सकिहालिन्छ । प्रविधिकाे यसहिसाबले सदुपयाेग गरेर अविलम्ब सुधार थालनी गर्नुहाेस ।
२) समय र उडानकाे ठेगान नभएकाे त नेपाल एयरलाइन्स नै छ, बुद्ध एयर वा अरूले किन प्रतिस्पर्धा गर्नुप-याे ?
३) विरामी, अशक्त र समयकाे दबाबमा बुद्व एयरकाे उडान राेजेका व्यक्तिहरू ३:०० बजे एयरपाेर्ट अाएर ६:३० बजे मात्र उडान हुँदा करिब ४ घण्टा पर्खनुपर्ने बाध्यता कति पीडादायी र कष्टसाध्य यातनाजस्ताे हुन्छ ? यात्रु भएर अनुभव गर्नुहाेस ।
४) नेपाल र लुम्बिनी अाउने पर्यटकहरूले यस्ताे अवस्थामा कस्ताे इम्प्रेसन लिएर फर्किरहेका छन् भनेर ख्याल गर्नुभएकाे छ ? त्यसकाे दीर्घकालीन प्रभाव कस्ताे पर्ला ? कमसेकम ध्यान दिनुहाेस ।
५) कामकाे हताराे र चटाराेले हवाई उडान सेवा राेज्नेहरू ४/४ घण्टा एयरपोर्टमा पट्यारलाग्दाे कुराइमा बस्न बाध्य हुँदा तावाबाट उम्केकाे माछाे भुङ्ग्राेमा परेजस्ताे भएकाे छ । याे स्थिति नियमितजस्तै हुनु अझ उदेकलाग्दाे कुरा हैन र ?
६) विदेशमा जस्तै यसरी फजुल खेर फालिएकाे अमूल्य समयकाे क्षतिपूर्ति दिने व्यवस्था गरेर अाफूलाई यात्रु उत्तरदायी बनाउदा कसाे हाेला ? अनि एयरपोर्टमा कार्यरत कर्मचारी महानुभानुभावहरूलाई झर्केर र कर्केर प्रस्तुत नभई शिष्ट र विनम्र बनाउन सके कस्ताे हाेला?
७) काठमाडाै- भैरहवा उडानबाट गाैतम बुद्ध विमानस्थलमा अवतरण गरेर दाङ, प्यूठान, राेल्पा वा गुल्मी पुगी कार्यक्रम वा भेटघाट भ्याउन यहाँकाे उडानसेवा राेजेका यात्रुजन घर न घाटकाे हुँदा, अझ भैरहवा र बुटवलमा अकारण हाेटलमा बस्नु पर्ने बाध्यता सिर्जना हुँदा र एयरपोर्टमा लिन वा छाेड्न अाउने अाफन्त/ शुभेच्छुकहरू लामाे पर्खाइमा रहनुपर्दा वा यात्रु स्वयम् अलपत्र पर्नुपर्दा कति असजिलाे भएकाे छ ? समयमै ख्याल गर्नुहाेस ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • फेवाताल पुरिन सक्ने-पोष्टराज चपाई
  • अनुसन्धान गर्नु पर्ने भयो है अब -टिकाराम सापकोटा
  • २२ गते बाट रेष्टुरेन्ट बन्द हुँदै छ-सुमन पराजुली
  • पर्यटन वोर्डमा २ सदस्य पोखरावाट प्रतिनिधित्व गराईयोस-गणेश बहादुर थापा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी