मलेसियामा नेपालको पर्यटन प्रबर्द्धन गर्दै टान पश्चिमाञ्चलकाे टोली



ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराकाे एक टाेली मलेसियाकाे क्वालालाम्पुरमा नेपालकाे पर्यटन प्रबर्द्धन गर्न पुगेकाे छ ।

टान पश्चिमाञ्चलकाे आयोजना तथा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा मलेसियाकाे क्वालालाम्पुरमा नेपाल प्रमाेशन तथा सेल्स मिसन कार्यक्रम गरी नेपाली गन्तव्यकाे प्रबर्द्धन गरिएको हो।

मलेसियाकाे क्वालालाम्पुरमा  रहेकाे होटल स्विस गार्डेनमा मलेसियन एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (माटा), क्वालालाम्पुरमा रहेका ५० भन्दा बढी ट्राभल्स एजेन्टस  टुर अपरेटर,  तथा पत्रकारहरू बिच टान पश्चिमाञ्चलकाे टाेलीले नेपाल प्रमाेशन तथा सेल्स मिसन कार्यक्रम गरी नेपाली गन्तव्यकाे प्रबर्द्धन गरेकाे टन पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा का सचिव जिवनराज सापकाेटाले जानकारी दिनुभयाे ।

डेस्टिनेशन नेपाल शिर्षक नाम रहेकाे कार्यक्रममा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा जानकारी गराउँदै दुइ देश विच प्रकृतिमय पर्यटक, भौगोलिक विविधता, सांस्कृतिक न्यानोपनाका साथै मलेसियाका साहसिक पर्यटन तथा नेपालमा उपलब्ध साहसिक पर्यटन बीचको सम्बन्ध तथा साझेदारी बिषयमा अाफ्नाे धारणा राख्नुभएकाे थियाे ।

मलेसिया स्थित नेपाली कार्यवहाक राजदुत कुमार राज खनालले नेपालपर्यटन वर्ष सम्पन्न गर्न मलेसिया स्थित ट्राभल्स एजेन्टलाई आग्रह गर्दै नेपाल भम्रणमा पर्यटकका लागी नेपाल सरकारले गरेको सहज भिसा प्रक्रिया सहित विविध विषयमा स्पष्ट पार्नुभएको थियो ।

टान पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष  हरी भुजेलले टानले गरेकाे यस भ्रमणले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयाे । यहाँले नेपालकाे पर्यटकीय क्षेत्रहरूकाे बारेमा जानकारी गराउदै नेपालमा एक पटक भ्रम्रणा गर्न अाग्रह गर्नुभयाे ।

कार्यक्रममा मलेसियन एअरलाईन्स की वजार व्यवस्थापक बन्दना वर्जाचार्यले समेत प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रका संयोजक टीकाराम सापकोटाले मलेसियामा आयोजना भएको यस कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहजीकरण गरिदिने सबैलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको संचालन टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराका सचिव जिबनराज सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रका पश्चात रात्रीभोज अवधिभर नेपालको साहसिक पर्यटकिय गतिविधि विषेशगरी पदयात्रा सम्वन्धि डकुमेन्ट्री प्रस्तुत गरिएको थियो भने विभिन्न सघं सस्थाहरुलाई मायाको चिनो  वितरण गरिएको थियो ।यस अघि नेपाली टाेलीले इन्डाेनेसियाकाे बालीमा समेत यस्तै प्रबर्द्धनात्मक कार्यक्रम गरेकाे थियाे ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी