रंगीविरंगी चराचुरुंगी हेर्न जाँउ ‘टौदह पोखरी’



काठमाडौं उपत्यका बाट ६ किलोमिटर दक्षिणमा अवस्थित टौदह पोखरी एक पर्यटकीय थल हो । ऐतिहासिक पोखरी मनोरम, शान्त, मनमोहक र जलचरहरुको वासस्थान का रुपमा यस स्थानलाई लिने गरिन्छ ।

जाडो याममा कार्तिकको अन्त्यदेखि यहाँ मोंगोलिया, सैबेरिया तथा तिब्बत लगायत जल क्षेत्रबाट यहा बसाइ सरी र जाडो छल्न हरेक वर्ष ठुलो संख्यामा विभिनन प्रजातिका चराचुरुंगी यहा आउने गर्दछन् । र तिनीहरु चैत महिनाको सुरुवात संगै बिस्तारै फेरी पुरानै बासस्थान तिर फर्कने गर्दछन् । यहा रंगीविरंगी विभिन्न १० भन्दा बढी प्रजातिका जल चरहरुको अवलोकन गर्न सकिन्छ ।

नेपाल खाल्डोको पानी बाहिर गइसकेपछि बनेका प्राकृतिक ताल कीर्तिपुरको टौदह र धापाखेलको नागदह हुन् । टौवगुको अर्थ नेपालभाषामा ठूलो र दह भन्नाले पानी जमेर बनेको ठूलो पोखरी हो । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो टौदह । ५ सय मिटर लम्बाई र ४ सय मिटर चौडाइ क्षेत्रफलमा यो पोखरी फैलिएको छ । सुख्खायाममा ६ मिटर गहिराइ रहेको टौदहले बुगद्यो रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको किम्बदन्तीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । कर्कट नागको वास रहेको विश्वास गरिने दहमा नागपञ्चमीका दिन मेला लाग्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी