पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न महिला पर्यटन व्यवसायी मन्चको एकदिने हाइकिङ



प्रविन तुलाचन

पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रको प्रचार प्रसार तथा महिला पर्यटन व्यवसायीहरूको क्षमता अभिवृदि गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी मन्च (WOTEF) को आयोजनामा एक दिने हाइकिङ कार्यक्रम समपन्न गरेको छ।

शनिवार पोखराको छोरेपाटन देखि कृष्ति’शिव ढुङ्गा ‘भ्यू टावर र मट्टीखान हुदै महिला पर्यटन व्यवसायीको टोली पोखरा फर्किएको थियो।महिला पर्यटन व्यवसायीहरूले छोटो समयमा महत्वपूर्ण कार्य गर्दै आएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरजिवी पोख्रेलले उक्त कार्यक्रममा प्रशंशा गरेका थिए।

यसै गरी ट्रेकिङ्ग ऐजेन्शिज एशोसिएशन अफ नेपाल टान पोखराका अध्यक्ष हरि भुजेल’पर्यटन बोर्ड पोखराका प्रमुख मणी लामिछाने, भिटोफ गण्डकी प्रदेशका अध्यक्ष रविन्द्र राज पौड्याल, पश्चिमाञल होटल सघ का अध्यक्ष विकल तुलाचन पर्यटन पत्रकार लगायत विभिन्न सघ संस्थाहरूका प्रतिनिधिहरूले मन्चले गरेको कार्यको प्रशंशा गरेका थिए।

पोखराको पर्यटनको केन्द्र लेकसाइड भएता पनि पोखरा आसपास रहेका पर्यटकिय गन्तव्यहरूको पहिचान तथा प्रचार प्रसार गर्न सके पर्यटकको बसाई लम्ब्यउन सकिन्छ’मन्चको अध्यक्ष जमुना पराजुलीले जानकारी गराइन। एक दिने हाईकिङ्ग नाम दिएको उक्त कार्यक्रममा करिब ७० जना महिला पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी