अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय १६औ वर्षमा प्रवेश



प्रविन तुलाचन

नेपाल पर्वतारोहण संघ अन्तर्गत रातो पैहौमा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको १६औ वार्षिक उत्सव मंगलवार भव्यताको साथ समपन्न भएको छ।

संग्रहालयमा अवलोकन गर्नेहरूको संख्या वर्षेनी बढदै गइरहेको छ।पर्वतीय संग्रहालयमा हाल सम्म २०लाख भन्दा बढी आन्तरिक तथा बाहय पर्यटकले अवलोकन गरिसकेका छन।

अवलोकन कर्ताहरुबाट १७ करौड ८१ लाख८० हजार ४ सय ३८ रूपैया आर्थिक आम्दानी भएको सग्रहालय व्यवस्थापनले जनाएको छ।उक्त कार्यक्रमको उदघाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल पर्वतारोहण सघ सस्था मात्र नभई एउटा गौरवमय अर्धसरकारी सस्था हो।

जसले हिमाल तथा हिमाली क्षेत्रको विकासमा योगदान पुर्याउदै आएको छ।मन्त्री अधिकारीले तपाईहरू यस्तै राम्रो काम गर्दै जानुहोस।सरकारले अझ पूर्वका हिमाल आरोहणको लागि खुल्ला गर्छ।नेपाल भ्रमण वर्ष २०२०लाई सफल बनाउन नेपाल पर्वतारोहण सघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीहरू लाई निमन्त्रणा गर्नुपर्नेमा जोड दिए।

नेपाल एयरलाइन्सको सन्दर्भमा भने हवाई जहाज खरिद प्रक्रियामा यदी अनियमितता भएको छ।भने यस सम्बन्धमा न्यायोचित छानबिन गरी कार्यवाही हुने विश्वास व्यक्त गरे।तर नेपाल एयर लाइन्स लाई कमजोर पार्न हुदैन।यहाँ एयरलाइन्स विरूद्ध षडयन्त्र र धमिलो पनीमा माछा मार्ने काम भईरहेको छ।हामी भुटानको जस्तो मास टुरिज्म चाहेका छैनौ।गुणस्तरिय पर्यटक भित्रयाउने पक्षमा छौ।तर यस लाई रोक्न पनि सक्दैनौ।मास र गुणस्तरिय दुबै थरिका लाई मिलाएर सकिन्छ।

उक्त कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव कूल बहादुर गुरूङ्गले सग्रहालयको स्थापना काल देखि वर्तमान सम्मका गतिविधि र विकास बारे जानकारी गराएका थिए।यसै गरी उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारी सग्रहालयविद्द बल प्रसाद राई र महिला कर्मचारी सरस्वति नेपाली लाई नगद’दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी’माननिय सभाषद राजीव पहारी’कृष्ण थापा’मेयर मान बहादुर जिसी’वडा अध्यक्ष तिर्थराज अधिकारीनेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ वन क्यापलेर’डा टोनी हेगनकी छोरी क्याटरिन हेगन”स्थानिय आमा समुह र पत्रकारहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा संग्रहालय ग्यालरीमा निर्माण गरिएको पासाङ्ग लमु शेर्पा’मिडमा शेर्पा र शम्भु तामाङ्ग आरोही हरूको कक्षको सामुहिक उदघाटन गरिएको थियो।नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाको अध्यक्षतामा भएको कार्यक्रमको सचालन नेपाल पर्वतारोहण संघका सदस्य तथा सग्रहालय सह-सयोजक बिजय गुरूङ्गले गरेका थिए।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी