कसरी छान्ने राम्रो होटल ?



होटल छान्नुभन्दा पहिले आफ्नो आवश्यकता र बजेटको टुङ्गो लगाउनुहोस । बजेट व्यवस्थापनपछि मात्र होटल खोज्नु बुद्धिमतापूर्ण हुन्छ ।

होटलले उपलब्ध गराउन सेवा सुविधाबारे जानकारी लिनुहोस् । आफ्नो बसाई अवधिभरिको औषत खर्चको टुङ्गो लगाउनुहोस् ।

होटलको अवस्थिति सबैभन्दा मशत्वपूर्ण हुन्छ । गन्तव्यका लागि सहज हुने होटल छान्नु राम्रो हुन्छ । त्यस्तै होटल आसपासको परिस्थितिको पनि जानकारी लिनुहोस् ।

होटल छान्दा सकेसम्म स्थानीय स्वाद पाइने ठाउँलाई ध्यानमा राख्नुहोस् । सामान्य खानपिनको सुविधाभन्दा स्थानीय स्वादसहितको होटलले तपाईको यात्रालाई स्मरणीय बनाउनेछ ।

वातावरयामैत्री होटलको छान्नु स्वच्छ पर्यटन प्रबद्र्धनमा सहयोग पुयाउनु हो । त्यसैले यस्ता होटलको छनोटले तपाईलाई जिम्मेवार पर्यटक बनाउनेछ ।

यदि तपाई परिवारसँगै हुनुहुन्छ भने पारिवारिक वातावरणसहितको होटलमा बस्नुहोस । यस्ता होटलले तपाईलाई यात्रामै पनि पारिवारिक आत्मीयताको अनुभव गराउनेछ् ।

होटललको बारेमा होटलमा पुगेकासँग जानाकारी लिन सकिन्छ ।

सकेसम्म यातायतको सुविधा भएको होटलमा बस्दा अत्यावश्यक समयमा त्यसको प्रयोग गर्न सकिन्छ ।

होटलको चेक आउट समय ख्याल गर्नुहोस् । त्यस्तै बुकिङ रद गर्ने होटलको नीति पनि जानकारीमा राख्नु उत्तम हुन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी