नेपालको पर्यटनमा ठूलो धक्का ‘फेक रेस्क्यु’ को समाचार बेलायती पत्रिकामा



फेक रेस्क्युको समाचार बेलायती पत्रिकामा छापिए पछि नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्ने भएको छ । बेलायतीबाट नेपाल भ्रमणमा अाउने पर्यटकलाइ अन्तर्राष्ट्रिय बिमा कम्पनीले नेपालकाे लागि सहजै बिमा नगर्ने भए पछि नेपालकाे पर्यटनमा केहि धक्का लाग्ने भएकाे हाे । यसले नेपाल भ्रमण वर्ष सन् २०२०  लार्इ केहि घाटा पुग्ने छ ।

बेलायती पत्रिका टेलिग्राफ के छापियाे ?
आइतबार बेलायती पत्रिका टेलिग्राफले नेपालको फेक रेस्क्युको समाचार प्रकाशित गरेको छ । प्रकाशित समाचारमा भनिएको छ अन्तर्राष्ट्रिय बिमा कम्पनीसँग रकम ठगिरहेका ट्रेकिङ सञ्चालकले सरकारलाई नै प्रलोभनमा पारेर उनीहरुमाथिको छानबिन र कारवाही प्रक्रियालाई कमजोर बनाएको उल्लेख छ ।

ठगी धन्दामा संलग्नलाई ‘हिमालय माफिया’को नाम दिइएको छ र अन्तर्राष्ट्रिय बिमा कम्पनीहरुले दिएको म्याद आगामी शुक्रबारबाट सकीने पत्रिकाले जनाएको छ ।

पत्रिकाले पर्यटकलाई विषादी खान दिएर बिरामी पार्ने र हेलिकोप्टर प्रयोग गरी उपचारको नाममा ट्रेकिङ एजेन्सी, हेलिकोप्टर कम्पनीदेखि अस्पतालसम्मको मिलेमतो रहेको लेखेको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • ड्रोन क्यामरा उडाउने विदेशी नागरिक पक्राउ
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी