मनै लोभ्याउने रारा ताल



कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९० मी उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले चिनिन्छ । १०.८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी. सम्म रहेको छ । यस क्षेत्रमा १०७४ प्रजातिका विरुवा, ५१ प्रजातिका स्तनधारी र २१४ प्रजातिका चराहरु पाइन्छन । यस बाहेक हिउदको समयमा छिमेकी मुलुक चीन देखि अन्य प्रजातिका चराहरु बसाइ सरेर आउने र वर्षा लागेपछि चीन तर्पm नै फर्केर जाने गर्दछन ।

सुन्दा र बयान गर्दा जस्तो छ रारा देख्दा यथार्थ बिल्कुल फरक छ । निलो मसी पोखिएजस्तै पानी, पानीको छेवैसम्म सल्ला र धुपिका रुखहरू उभिएका, चारैतिर हराभरा र ठूला–ठूला पहाडहरूको बीचमा अवस्थित छ रारा । बैसाख १ गते कर्णाली प्रदेश सरकारले रारा पर्यटन वर्ष २०७५ को घोषणा पश्चात पहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटको आवागमनमा केहि रुपमा वृद्धि भएको छ । यस अघि रारा सुनसान जस्तै थियो । देशका अन्न तालभन्दा रारा ताल कति हो कति सुन्दर रहेको रारा गएर र्फकिनेहरुको भनाई रहेको छ । रारा आउने पर्यटकहरु राराको सफा, सुन्दर र निर्मल अनुहार कैद गरेर फर्किएका हुन्छन् । दुरिको हिसावले टाढा भएका कारणाले रारा ताल जाने आन्तरिकको तुलनामा वाह्य पर्यटकको संङ्ख्या न्यून रहेको छ । नेपालको सबैभन्दा सानो जिल्ला, मुगु । मुगुमै पर्ने देशकै सबैभन्दा सानो निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । र रारा राष्ट्रिय निकुञ्जको आडैमा सुतिरहेको देशकै सबैभन्दा ठूलो ताल, राराको राराको प्रचार गर्ने र पर्यटक पु¥याउन पहल गर्ने हो भने यस ताल वाह्य पर्यटकको रोजाईको गन्तव्य बन्न सक्कछ ।

रारा जाने उपयुक्त समय
रारा ताल भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बर देखि अक्टोबर र अप्रिल देखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बर देखि मार्च महिनासम्म १ मीटर सम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । यस तालको पानी सफा देखिन्छ । सतहबाट १४ देखि १५ मी. सम्मको गहिराई देख्न सकिन्छ । यस तालमा मध्यान्हको समयमा हावा चलेर समुद्रमा जस्तै छाल उत्पन्न हुने हुनाले उपयुक्त हुदैन ।

कसरी जाने रारा
रारा ताल पुग्नको लागि हवाई तथा सडक मार्ग भएर जान सकिन्छ । यसका लागि नेपालगञ्ज तथा सुर्खेतबाट दुई दिन स्कारपियो, बोलेरो, टाटा सुमो गाडी र मोटरसाइकलमा सजिलै रारा पुग्न सकिन्छ । यस्तै हवाई मार्गबाट जानको लागि बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि ३ घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ ।

राराकाे बारेमा थप जान्नकाे लागि 9849242730 मा सम्पर्क गर्नुहाेला ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी