टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग



टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाएको छ । ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको टोलीले बिहिबार अन्नपुर्ण क्षेत्रको घोडेपानी, घान्द्रुक पदमार्ग अन्तर्गत पर्ने देउराली र बनठाँटी बिचको पदमार्गमा जमेको हिउ हटार्इ पदमार्गलाई सहज बनाएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भूजेलले जानकारी दिनुभयो ।

भूजेलले विशेष गरी देउरालीवाट बनढाटी सम्म जमेको हिउका कारण पदयात्रीलाई निकै कठिन भएको र केही पर्यटकहरु आफनो गन्तव्य नै परिवर्तन समेत गर्न वाध्य रहनुपरेको परिस्थितीमा टानले सो पदमार्गको हिउ हटाउने कार्य, पदमार्ग सरसफाई तथा आवश्यक स्थानमा डोरी समेत राखेको बताउनुभयो ।

टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको अगुवाई भएको हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाउन एक्याप र स्थानिय समेतको सहभागीता रहेको सचिव जिवन राज सापकोटाले जानकारी दिनुभयो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी