ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारी सहित ७ जनाको निधन



ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ ।

बुधबार तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकन पछि फर्कने क्रममा खराब मौसमका कारण एयर डानेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको हाे ।

हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा रहेकाे सिस्ने खोलामा  दुर्घटनामा परेको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुनकुमार घिमिरेकाे मात्र सव चिनिने अवस्थामा रहेकाे घटना स्थलमा रहेका स्थानीहरूले जानकारी दिएका छन् ।

दुर्घटना मन्त्री सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

कसरी भयाे हेलिकप्टर दुर्घटना

बुधबार तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको टाेली त्यस तर्फ गएकाे थियाे । विहान देखि परेकाे सिमसिमे पानि तथा हुस्सुका कारणा माैसम केहि खराब थियाे तर पनि मन्त्री चेडेकाे हेलिकप्टर ह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथीभरा दर्शन गर्न लागेकाे थियाे । त्यहाँ बाट फर्कने क्रममा ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा रहेकाे सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुनकुमार घिमिरेकाे मात्र सव चिनिने अवस्थामा रहेकाे छ भने बाँकि नचिनिने अवस्थामा रहेकाे छ ।

 

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी