मन्त्री अधिकारीको निधनप्रति टान पश्चिमाञ्चल क्षेत्रीय सघंको गहिरो दुख व्यक्त, टिम्स काउन्टर र सम्पुर्ण टिम्स चेकपोष्टहरु बन्द गर्ने



हेलिकोप्टर दुर्घटनामा निधन भएका  संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकल्पनिय निधन प्रति ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले गहिरो दुख व्यक्त गर्दै भावपुर्ण श्रदान्जली अपर्ण गरेको छ ।

एक सुचना निकालि टानले हेलिकोप्टर दुर्घटनामा निधन भएकाप्रति शोक मनाउन आज एक दिन टिम्स काउन्टर, पोखरा लगायतका सम्पुर्ण टिम्स चेकापोष्टहरु बन्द रहने अध्यक्ष हरि भुजेलले जानकारि दिनुभयो । सरकारले शोक मनाउन आज सार्वजनीक बिदा दिएको छ।

साथै टानले आवश्यक परेमा तल दिएका नम्बरहरूमा सम्पर्क गर्न भनेको छ । हरि भुजेल अध्यक्ष ९८५६०६३०३३सुशीलराज पौडेल प्रथम उपाध्यक्ष ९८५६०३१८२३जिबनराज सापकोटा सचिब ९८५६०६३०२२साबित्रा जोशी ,कार्यालय सचिब ९८५६०६३०४४

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी