पर्यटनमन्त्रीसहित ७ जनाको निधनप्रति पश्चिमाञ्चल होटल संघ पोखराद्वारा दुःख व्यक्त



पश्चिमाञ्चल होटल संघ पोखराले बुधबार हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन  प्रति  दुःख व्यक्त गरेको छ ।

बिहीबार एक विज्ञप्ति जारी पश्चिमाञ्चल होटल संघ पोखराले विकासप्रेमी र भरोसायोग्य जनप्रतिनिधि अधिकारी सहित असल पर्यटन व्यवसायी शेर्पा र अन्य राष्ट्रसेवक कर्मचारीको निधनबाट राष्ट्रले अपुरणीय क्षति व्यहोरेको र उहाँहरुको अभाव पर्यटन र हवाई क्षेत्रले सदा महसुस गर्ने भन्दै  मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवानजनामा समवेदना प्रकट गरेको छ ।

ताप्लेजुङ फुङलिङकाे सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्ऽ श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी