होमस्टेका लागि अनुदान प्राप्त गर्न २ सय २८ को आवेदन, १९० स्वीकृत (पूरा नतिजा हेर्नुहोस्)



 होमस्टेका लागि अनुदान प्राप्त गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पेश भएका स्वीकृत परियोजनाहरूको नतिजा प्रकाशन गरेको छ ।

पेश भएका २२८ मध्ये १९० स्वीकृत र ३८ वटा निवेदन अस्वीकृत भएको मन्त्रायले जनाएको छ ।

कुन जिल्ला बाट कति परे

होमस्टे अनुदानका लागि अावेदन दिएका मध्ये स्वीकृतमा मुस्ताङ बाट ३ वटा होमस्टे स्वीकृत भएका छन् भने अस्वीकृत कुनै पनि भएका छैनन, म्याग्दी ४ वटा स्वीकृत भएका छन् भने ५ वटा अस्वीकृत भएका छन् । बाग्लुङ बाट १६ वटा स्वीकृत भएका छन् भने ३ वटा अस्वीकृत भएका छन् ।

यस्तै पर्वतबाट ४२ वटा स्वीकृत भएका छन् भने २ वटा अस्वीकृत भएका छन् । कास्कीबाट १९ स्वीकृत भएका छन् भने ३ अस्वीकृत भएका छन् । स्याङ्जाबाट ४२ स्वीकृत भएका छन् भने ३ अस्वीकृत भएका छन् । तनहुँबाट सबै भन्दा बढी अस्कृत भएका छन। जसमा ३३ स्वीकृत भएका छन् भने १० अस्वीकृत भएका छन् ।

यसैगरी लमजुङ १४ स्वीकृत भएका छन् भने ७ अस्वीकृत भएका छन् ।मनाङ बाट २ स्वीकृत भएका छन् भने अस्वीत कुनै पनि भएका छैनन ।गोरखाबाट ९ स्वीकृत भएका छन् भने २अस्वीत भएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व बाट ६ स्वीकृत भएका छन् भने  ३ अस्वीकृत भएका छन् । मन्त्रालयले अस्वीकृत भएका होमस्टेहरूलाइ मन्त्रालय वा डिभिजन वन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

पुरा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • व्यक्तिमुखि बजेटको सिकार भएका सुदुरपश्चिमका धार्मिक पर्यटक स्थल तथा पर्यटकीय स्थल
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी