पर्यटन प्रवद्र्धनका लागि बिरेन्द्रनगरमा ‘थारु होमस्टे’



दिपक जैसी, सुर्खेत
कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये थारु समुदाएको थोरै बाहुल्यता रहेको कर्णाली प्रदेशको राजधानी बिरेन्दनगरमा थारु परम्परा र संस्कृति जोगाउनका लागी बिरेन्दनगर १० नयाँगाउँ स्थित थारु समुदायले कर्णाली प्रदेश थारु होमस्टे संचालनमा ल्याएका छन् ।

थारु समुदायको मौलिक परम्परा संस्कृती रितिरिवाज लोप हुने अवस्था भएको हुदा केहिहदसम्म आफ्नो संस्कृति संरक्षण र सम्बर्धन हुने र पर्यटन प्रर्बधन समेत हुने भएकोले उत्त कर्णाली प्रदेश थारु होमस्टे संचालनमा ल्याएको संचालक जित बहादुर चौधरीले वताउनु भयो ।

कर्णाली प्रदेश थारु होमस्टेले स्थानिय कला संस्कृति संरक्षण परम्परा, भाषा, खानपिनका साथै पर्यटनको मुख्या केन्दबिन्दु बनाई उत्कृष्ट होमस्टे बनाउने र पर्यटनको आगमनमा तिर्बता दिनका लागी होमस्टेमा थारु संस्कृती झल्कने बासका ११ वटा क्याबिन, एउटा ठुलो हलर पर्यटक बासका लागी ५ वटा कोठा निर्माण गरी पाहुनाका लागी कुनै क्याबिनमा टेबल कुर्सी, कुनै क्याबिनमा गुन्द्री र दरी, अनि कुनै क्याबिनमा परालका चटाई ओछ्याइयका छन्, भने क्याबिनको नामाकरण पनि थारु नामबाट गरीएकोछ, जहाँ थारु परिकार ढिक्री, घोघी, माछा, गंगटा, बटै, लोकल माछा,लोकल कुखुराको परिकार बनाई बिक्री बितरण गर्ने चौधरीले वताउनु भयो ।

पचास लाखको लगानी भएको उत्त होमस्टेमा जित बहादुर चौधरी, रामचन्द चौधरी,कुल बहादुर चौधरी,बालकृष्ण चौधरी,राजु चौधरी, अनिल चौधरी, पुर्ण बहादुर चौधरी, सुरेश चौधरी गरी ९ जनाको सेयरसमेत रहेको छ ।

औपचारीक उद्घाटन पछी दैनिक जसो कम्तीमा २५ देखी ४० जना आन्तरिक पर्यटकहरु होमस्टे हेर्नका लागी आउने गरेको र होमस्टेको वातावरण सफा शान्त सुन्दरका साथै काक्रबिहारको मनमोहक दृस्य समेत देख्न पाईनेर होमस्टे वरिपरी बगैचा निर्माण गरिएको हुदा पर्यटकहरु झन खुसी हुनका साथै थारु जातीबाट संचालन भएको होमस्टेमा थारुको खानपिन रहनसहन,जिवनसैलि र संस्कृती हेर्नका लागी आउने गरेका जित बहादुर चौधरी बताउनु भयो । आर्थिक सम्बृद्धीका लागी गाउका थारु युवा युवतीले समेत रोजगारी पाएका छन् ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • किन जादैनन बराह तालमा पर्यटक ?
  • पूर्वी तराईका फाँटहरू हेर्न जाउँ ‘भेडेटार’
  • अनवरत बलिरहेको छ दैलेखको ज्वाला
  • कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्षमा जगबहादुर बुढा
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी