कर्णाली प्रदेशको गहना ‘शे–फोक्सुण्डो ताल’



जैविक विविधताको भण्डारको रुपमा चिनिने र क्षेत्रफलको हिसाबले नेपालको सबै भन्दा ठूलो हिमाली जिल्ला हो डोल्पा । डोल्पा भौगोलिक रुपमा अत्यन्त विकट र ठूलो हिस्सा उच्च पहाडि तथा हिमाली भू–भागले ओगटेको छ । चारैतिर हिमालले घेरिएको झवाट्ट हेर्दा चतुर्भुज आकारको बनौटको डोल्पा कम मात्रामा मनसुनी बर्षाहुने भएकोले डोल्पालाई च्बलष् क्जबमयध ब्चभब पनि भनिन्छ ।

शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको छे । झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने शे–फोक्सुण्डो तालको पानीले पर्यटक रमाउछन । कर्णाली प्रदेशको डोल्पामा रहेको शे–फोक्सुण्डो ताल केहि वर्ष यता आएर पर्यटकको गन्तब्य बनेको छ । दुर्गम जिल्ला भएपनि पर्यटकहरुलाई डोल्पाको प्राकृतीक सम्पदाले सवैलाई रमणिय बनाएको छ । शे–फोक्सुण्डो ताल नेपालको सबै भन्दा गहिरो ताल मानीन्छ । यस तालबाट निस्कने पानीको झर्नालाई सुलिगाड झर्ना भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो तालमा पुग्ने पर्यटकहरुलाई थप रमणिय बनाई दिएको छ । शे–फोक्सुण्डो ताल स्वच्छ सफा पानीको सतह ६ सय ५० मीटर गहिरो रहेको छ । भने तालको लम्बाई ४.८ किलोमिटर र १.८ किलोमिटर चौडाई क्षेत्रफल रहेको छ ।

तर अझैं पनि पर्यटकलाई शे–फोक्सुण्डोसम्म पुग्न भने सहज भने छैन । समुद्रीय सतहबाट तीन हजार ९ सय ९० मिटर उचाईमा रहेको शे–फोक्सुण्डो पुग्न डोल्पा सदरमुकाम दुनै देखि दुई दिन पैदल यात्रा गर्नु पर्दछ । डोल्पामा शे–फोक्सुण्डो बाहेक दर्जनौ भन्दा बढी पर्यटकीय सम्पदाहरु छन् । तर ती सबै पर्यटकीय स्थलहरु पूर्वाधार निर्माणको पखाईमा रहेका छन् । पर्यटकहरुले सडक सञ्जाल नभएकाले पैदल, घोडा, खच्चड को सहारामा यात्रा गर्नुपर्छ । डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिन खझै तीन किलोमिटर बाँकी छ । अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङबस्ती सम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

शे–फोक्सुण्डो ताल नजिक रहेको रीन्मो गाउँमा पर्यटकहरुको लागि बनाइएको केही होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेक बाहेक अन्य कतै बस्ती छैन । शे–फोक्सुण्डो तालको यात्रा पछी माथील्लो डोल्पा यात्रा गर्दा ५ हजार ५ सय मिटर उचाई भएका ४ वटा पहाड पार गर्नुपर्दछ । कतिपय पर्यटकहरुलाई अक्सीजनको कमी भै स्वास प्रश्वास क्रियामा समेत अबरोध हुन्छ । त्यसैले यात्रा गर्दा औषधी समेत लैँजादा राम्रो हुन्छ । माथील्लो डोल्पामा बिश्वकै बढि हिम चीतुवा पाईने स्थान हो । पैदल यात्रा गर्दा बाटोमा थुपै्र जंगली जनावरहरु भेटिन्छन । यात्रामा जादाँ समुह भएर जादाँ राम्रो मानीन्छ ।

डोल्पा जिल्लामा तिब्बती संस्कृति रहेको छ । जनश्रुती अनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मीक स्थलका रुपमा सिर्जना गरेका थिए । तिब्बतसंग जोडिएको क्षेत्र भएकोले डोल्पाका अधिकांश मानिसहरु बौद्धधर्म मान्दछन । उपल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो नामका गाउँहरु छन । समुन्द्रको सतह बाट करिव ५ हजार मिटरको उचाईमा रहेको छार्का गाउँ विश्वकै अग्लो स्थानको मानवबस्ती मानिएको छ । उपल्लो डोल्पाको साल्दाङमा रहेको यात्सेर गुम्वा नेपालको पुरानो सास्कृतिक धरोहरको प्रतिक हो । कलाकौशलको अनुपम सृजनाले भरिपूर्ण यात्सेर गुम्वाको निर्माणशैली मौलीक र विशिष्ट प्रकारको मानिन्छ । पुरातात्विक र ऐतिहासिक महत्वको यो गुम्वा ८ सय बर्ष अघि बौद्ध धर्मगुरु छोग्याल पासाङगले निर्माण गराएका थिए । गुम्वा भित्र सातसय बर्षभन्दा पुराना भित्तेचित्र र मूर्तीहरु राखिएका छन । जसले गर्दा त्यहा पुग्ने पर्यटकहरुलाई अध्यन गर्न सजिलो भएको छ ।

प्राकृतिक सुन्दरताको हिसाबले रमणीय गन्तब्यमा पर्दछ डोल्पा । तर बिकट हिमाली भुभाग पैदल मार्गीका रुपमा यात्रा गर्दा कठीन भने छ । तर, डोल्पाको आनन्द त्यहाँ पुगेपछि मात्र थाहा पाउन सकिन्छ । डोल्पाको शे–फोक्सुण्डो ताल मात्र होईन शे–फोक्सुण्डो राष्ट्रीय नीकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर र शे–गुम्बाले पर्यटकहरुलाई आकर्षित गर्दछ । डोल्पा बिकट भएपनि त्यहाँको जैबिक बिबीधता, प्राकृतिक सौन्दर्यता, हिमाली ताल तलैया बौद्ध मार्गीहरुको गुम्बानै पर्यटकहरुको लागि आकर्षकको केन्द्र बिन्दु हो । डोल्पा पुगिसके पछि सुन्दर एवं मनमोहक हिमाली गाउ र विभिन्न जनजातीहरुको सस्कृतिले पनि डोल्पा पुग्ने पर्यटकहरुलाई थप अध्यनको स्रोत हुनजान्छ । डोल्पा पुगेपछि विश्वको सातौ अग्लो चुचुरो धौलागिरी, सिस्ने हिमाल, अपी हिमाल, सैपाल हिमाल, कान्दे हिमचुली, र तिब्वतको पहाडी दृष्य पनि अवलोकन गर्न सकिन्छ ।

शे–फोक्सुण्डो राष्ट्रीय नीकुञ्जमा १ सय ९६ प्रजातीका चराचुरुङगी, दुर्लभ मानिने कस्तुरी, ३२ प्रजातीका स्तनधारी हिमाली हावापानिमा पाईने जन्तु र ४ सय ७ प्रजातीका यार्चा गुम्बा लगाएतका दुर्लब जडिबुटी पाईन्छ । डोल्पालाई प्राकृतिक रुपले पनि दुई भागमा बिभाजन गरि दिएको छ । जसलाई तल्लो डोल्पा र माथील्लो डोल्पाको नाम दिइएको छ । नेपाल सरकारको उपल्लो डोल्पा भ्रमणमा जाने बिदेशी पर्यटकहरुलाई १० दिनको पाँच सय डलर शुल्क तोकेको छ । विदेशि पर्यटक एक्लै भ्रमणमा जान नपाउने नियम छ । त्यसैगरी तल्लो डोल्पा भ्रमण गर्दा १० डलर प्रति हप्ता शुल्क तिर्न पर्दछ । भरपर्दो सडक यातायात नहुदाँ पनि प्रत्येक बर्ष २ हजार देखि २५ सय सम्म बिदेशि पर्यटकहरु डोल्पाको शे–फोक्सुण्डो ताल हेर्न पुग्दछन् ।

भेरी नदीको किनारमा कर्णाली प्रदेशकै प्रख्यात मानिने त्रिपुरा सुन्दरीको मन्दिर छ । डोल्पाबासीको शक्तीे पीठको रुपमा रहेको त्रिपुरा सुन्दरीको मन्दिर चैते दशै र बडा दशैमा पञ्चबली, पुजापाठ हुनुको साथै ठुलो मेला समेत लाग्ने गर्दछ । डोल्पा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय हिसाबमा पनि धनी छ । पदयात्राको लागि डोल्पामा धेरै पर्यटकीय स्थलहरु छन् । दर्जनौं धार्मिकस्थलहरुको प्रचार–प्रचार पुर्वाधारको विकास गर्नसके तीर्थाटनका पर्यटकहरु को गन्तब्य बन्दछ । त्रिपुरा सुन्दरी मन्दिर इ.सं.१११४ सालमा स्थापना भएको हो । यस मन्दिरको भौगोलिक स्वरुपले पनि पर्यटकहरु आकर्षित हुन्छन । मन्दिरको पूर्वतर्फ सुन्दरी गंगा, पश्चिममा ताम्राबणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थलहरु रहेका छन् भने बीचको पहाडमा त्रिपुरा सुन्दरीको मन्दिर रहेको छ । मन्दिरमा महादेवले सत्यदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा सत्यदेवीको ढाड पतन भएको कुरा पाइन्छ ।

डोल्पा जिल्लाका गाउँका नामहरु पनि अधिकाशँ तिब्बती भाषामा रहेका छन् । पातलो बस्तीको रुपमा रहेका गाउँका नाम सु, साल्दान, सर्मी,ल्हा, लिकू, नर्कु, छार्का, घो, तीन्जे आदि रहेका छन् । उपल्लो डोल्पामा अझै पनि पाचँ पाण्डप अथवा बहुपति बिबाहको प्रचलन कायमै छ । जती भाईहरु छन् ती सबैले एक जना महिला संग बिबाह गर्ने प्रचलन अझै छ । एक भाई घरमा बस्ने अरु चाहीँ व्यापार, व्यवसायमा लाग्ने चलन छ । यसरी पालैपालो घरमा बस्ने र जन्मीएको बच्चाको बाबु चिनाउने जिम्मेबारी चाहीँ आमाको हुने गर्दछ । उपल्लो डोल्पामा तिब्बती मुलका मानिसहरुमा रहेको यो बहुपती प्रथाको बारेमा अध्ययन,अनुसन्धान गर्ने विद्यार्थीहरुको लागि डोल्पा जिल्लाको भ्रमण फदायी मानिन्छ ।

डोल्पा पुग्ने पर्यटकहरु जिल्ला सदरमुकाम दुनैमा बाहेक डोल्पा जिल्लाको दुर दराजका गाउँहरुमा पर्यटकहरुका लागि बस्नको लागि होटल सबै ठाउँमा पाइन्न । तर पनि होमस्टेका रुपमा बास बस्दा मोथेको चिया,उवा र गहुँको सातु, उसुनेको आलु खादाँ भने छुटटै आनन्द हुन्छ । डोल्पा भ्रमणमा जादाँ सकभर आफ्नो लागि आबश्यक पर्ने सबै बन्दोबस्तीका सामान लैजादाँ सजिलो हुन्छ । डोल्पा जानको लागि फागुन महीना देखि आश्वीन महीना सम्म उपयुक्त समय मानिन्छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । भुपरिवेष्ठित देशका मानिस समुन्द्र देख्दा रमाँउदछन अनि सामुन्द्रिक भूगोलका मनिसहरु हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ । डोल्पामा वाह्य पर्यटकहरु हिमाल र जैविक विविधता अर्थात प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न पुग्दछन ।
डोल्पामा पर्यटकहरु के का लागी भ्रमणमा जान्छन ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो । डोल्पाको भूगोलमा जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । डोल्पा यस आधारमा जैविक विविधताले पर्यटकीय गन्तव्य भएको छ । डोल्पा जाने पर्यटकहरुको अर्को उद्देश्य पदयात्रा हुन्छ । पदयात्राका लागि डोल्पा जिल्ला उपयुक्त स्थान हो । किनभने डोल्पामा सजिला अप्ठयारा जस्तो पनि हिमाली भूगोल छ । अहिले शे–फोक्सुण्डो मात्र होइन जुन ठाउँमा बढी पर्यटक पुग्ने गरेका छन् ती सबै जैविक विविधताका क्षेत्रहरु हुन् ।

नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी (सिमसार क्षेत्र) भेटिएका छन् । साना ठूला गरेर नदी, खोला–नालाको सख्या पनि छ हजारौको सख्यामा रहेको छ । जैविक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा पर्दछन । अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् । ताल मध्य सबै भन्दा गहिरो डोल्पाको शे–फोक्सुण्डो मानिन्छ । भौगोलिक रुपमा निकै बिकट भएपनि प्राकृतिक सुन्दरताले गर्दा डोल्पामा पदयात्रामा रमाउने पर्यटकहरु धेरै पुग्दछन । अग्लो पहाडको खोचमा रहेको शे–फोक्सुन्डो ताल र वरपरका अलौकिक सुन्दरताले पर्यटकहरु रमाउछन । डोल्पामा प्राकृतिक सुन्दरता, शे फोक्सुन्डो, त्रिपुरा सुन्दरी मन्दिर, जगदुला ताल, विश्वकै उच्च मानवबस्ती धो ताक्सी उपत्यका, राष्ट्रिय निकुन्ज, बहुमूल्य जडीबुटी यार्सागुम्बा लगायतका पर्यटकीय सम्पदाले गर्दा डोल्पामा पर्यटक पुग्दछन ।

कसरी जाने शे–फोक्सुण्डो
हिउदको समयमा डोल्पा जानको लागी रुकुम जिल्लाको चौरजहारी हुदै जाजरकोट–डोल्पाको निर्माणाधिन सडकबाट पनि डोल्पा पुग्न सकिन्छ । जाजरकोटबाट डोल्पा सम्मको ११७.७ किलोमिटर सडकमध्ये जाजरकोट, रुकुम र डोल्पाको गरी ११४.७ किलोमिटर सडकको ट्रायक खोलिएको छ । सडक निर्माण भएपछि हिउदमा ट्रयाक्टर र जिप चल्न थालेका छन ।तर खोलामा पुल नबन्दा राडीज्युला, तल्लु, त्रिवेणी,,खवाङ हरियाली, करग्गा आदी ठाउमा गाडी चेन् जगर्दै यात्रा गर्नु पर्दछ । दुनै पुग्नु अघि ३ किलोमिटर बाटोमा भने पैदल यात्रा गर्नु पर्ने हुन्छ । अहिले धाउन्ने त्रिपुरा सुन्दरी सडकखण्डमा नेपाली सेनाले निर्माण कार्य गर्दै छ । यो ट्रयाक खुल्नको लागि केहि समय कुर्न पर्ने भएको छ ।

पैदल यात्रामा डोल्पा जाने कतिपय पर्यटकहरु पोखरा–बाग्लुङ–बुर्तिवाङ बसमा यात्रा गरी ढोरपाटन दृष्याबलोकन गरी रुकुम जिल्लाको टकसेरा, हुकाम, मैकोट, रन्मामैकोट हुदैँ ७ दीनको पैदल यात्रा पछि दुनै बजार पुगेर पनि शे–फोक्सुण्डो ताल पुग्ने गर्दछन् । पुथा, चुरेन र गुर्जा हिमालको काखमा रहेको ढोरपाटन प्राकृतिक आनन्द लिन हिमालि भागको दृश्यावलोकन र बन्यजन्तु सिकारको रोमाञ्च अनुभुति लिन पनि सक्दछन । ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो ।

ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । वरीपरी हिमालि दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनि मैदानि भाग अनि मानव ढोरपाटनमा छ । ढोरपाटनको गर्पा डाडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, रुकुम जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन् । रुद्र ताल, झनु ताल, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई मनमोहक बनाउछ ।

शे–फोक्सुण्डो जान सबै भन्दा छीटो र आरामदायी यात्रा भनेको नेपालगंज–जुफाल हवाई यात्रा हो । यहाँबाट ३ घण्टाको पैदल अथवा १२ किलोमिटर जीपको यात्रामा सदरमुकाम दुनै बजार पुगिन्छ । त्यहाबाट दुई दिनको पैदल यात्रामा यात्रा पछि शे–फोक्सुण्डो पुगिन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी