दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल, एसिया प्यासिफिक क्षेत्रबाट पुरस्कृत



सयवटा दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल भएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आइटिवीमा सयवटा दिगो पर्यटन गन्तब्यभित्र एसिया प्यासिफिक क्षेत्रबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको हो ।

जर्मनीको बर्लिनमा फागुन २२ मा आयोजित एक समारोहबीच बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटनमा क्षेत्रमा खेलेको भूमिका को कदरगर्दै मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशी लाइ निकुञ्जको सम्मान प्रदान गरेका हुन् ।

उक्त छनोट समारोहका प्रमुख डा। अल्बर्ट सल्मान रहनुभएको थियो । पुरस्कार पाए सँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्क दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्था हो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी