पश्चिमाञ्चल होटल संघ पोखराले थाल्यो १६ औं फेवा महोत्सवको तयारी



आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी थालेकाे छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली खाना र नेपाली संस्कृतीको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । विगतमा संघले पाँच दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको हो ।

दर्शक तथा श्रोताहरुको भीड खासगरी उल्लेखित तीन दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा
  • मुक्तिनाथमा के छ ? कसरी जाने ?
  • सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित
  • पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी