सरकारलाई टानको चेतावनी पदयात्रा क्षेत्रमा बैदेशिक लगानी अमान्य, लगानी भित्र्याए आन्दोलन गर्ने



टानले पदयात्रा क्षेत्रमा बैदेशिक लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको छ । अाइतबार एक विज्ञप्ती जारी गर्दै ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा क्षेत्रमा पूर्ण रुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचार प्रति  ध्यानाकर्षण भएको र नेपालको पदयात्रा क्षेत्रमा नेपाली नै लगानी गर्न सक्षम भएको भन्दै विदेशी लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ नेपालको पदयात्रा क्षेत्रमा ४ दशक भन्दा  बढि समय काम गरेका नेपाली व्यवसायीहरु पदयात्रा क्षेत्रमा लगानी गर्न सबै सक्षम भएकाे र पदयात्रा व्यवसायमा विदेशी लगानीकर्ताको कुनै आवश्यकता एवं औचित्य छैन । यदि सरकारले बैदेशिक लगानी भित्र्याउन खोजे आफुहरु आन्दोलनमा जाने समेत टानले चेतावनी दिएको छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी