चारदिने घरबास विकास सम्बन्धी तालिम सुर्खेतमा सम्पन्न



दिपक जैसी/सुर्खेत

तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन सुर्खेतमा घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको थारू सामुदायिक होमस्टेमा ४ दिने घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको हाे ।

कार्यममा तारा गाउँ विकास समिति वरिष्ठ तथा मुख्य प्रशिक्षक मदन गोपाल बानियाँले राज्यले होमस्टेलाई दिने सेवासुविधा र प्रकृयाको बारेमा जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा समितिका शाखा अधिकृत जगदिश प्रसाद श्रेष्ठले होमस्टेको प्रवद्भनमा तालिमले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

खाध्य प्रविधि तथा कुक प्रकाश रार्इले होमस्टेमा आउने पाहुनाहरूलाइ सफा खाना तथा स्थानिय परिकारहरू दिनुपर्ने बताउनुभयो ।

चारदिन सम्म चलेको उक्त आधारभूत सम्वन्धी तालिममा ९ होमस्टे का २३ महिला र ७ पुरूष सहभागी भएका थिए । तालिममा  बिभन्नि थरिका तरकारी कटिङ्ग, विषादि रहित अर्गाानिक खानाका साथै खानाका परिकारहरु बनाउन सिकाइएको थियो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • हाइकिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी