१६ औँ फेवा नव वर्ष महोत्सव चैत्र २९ गते देखि हुने



पोखरामा चैत्र २९ गते देखि १६ औँ फेवा नव वर्ष महोत्सव २०७६  हुने भएको छ । बिहिबार पश्चिमाञ्च होटल संघ पोखराले पत्रकार सम्मेलन गरि संस्कृति, खाना र संगीत महाेत्सव मूल नाराका साथ १६ औँ फेवा नव वर्ष महोत्सव चैत्र २९ गते देखि बैशाख १ गते सम्म  गर्ने  फेवातलको किनार कोमागाने पार्कमा गर्ने अध्यक्ष विकल तुलाचनले बताउनुभयो ।

नेपाली संस्कृतिको संरक्षण र पराम्परागत नेपाली खानाको प्रवद्धन गर्ने उद्देश्यका साथ १६ औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागेको अध्यक्ष तुलाचनले बताउनुभयो  ।

तुलाचनले महोत्सवमा विगतको तुलनाको भन्दा फरक हुने बताउनुभयो ।  महोत्सवमा  जातिय भेषभूषा, रहनसहन, खानपान,  कलासाँस्कृतिक झल्कने नि वर्तमान अध्यक्ष भरत पराजुलिले बताउनुभयो ।

 महोत्सवका प्रमुख आकर्षक

परम्परागत नेपाली खाना

सास्कृतिक झाकि

गण्डकी प्रदेश स्तरीय नृत्य प्रतियोगिता

पप कन्सर्ट

बाल उधान तथा मनोरञ्जन मुलक कार्यक्रम

पर्यटक दौड प्रतियोगिता

डुङ्गा प्रतियोगिता

लोक दोहरी कार्यक्रम

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी