सुर्खेतको वयलकाडाँ- पर्यटक भित्राउने पूर्वाधार खोइ ?



सुर्खेतको वयलकाडाँ पापेखराको नगरकोटले परिचित छ । यस ठाउँबाट सुर्खेत उपत्यका सजीलै अवलोकन गर्न सकिन्छ । पर्यटकीय पूर्वाधार नहुदा यस ठाउँमा जाने पर्यटक निरास भएर र्फकने गरेका छन् । यस क्षेत्रलाई पर्यटकीय हव बनाउँन के गर्नु पर्ला भनि हामीले यस ठाउँ हेर्न आएका व्यवसायीहरुसंग हामीले कुराकानी गरेका छौँ ।

विपिन कुमार ठाकुर
सुर्खेतको वयलकाडाँ एक पर्यटकीय क्षेत्र हो । कणाली प्रदेश सरकारले यसलाई पर्यटकीय हव वनाउनका लागी प्रदेश तथा स्थानिय सरकारले व्यावस्थित पार्क, सडक, खानेपानी र राम्रो होटलहरुको ब्यावस्था गर्नु पर्दछ । यस क्षेत्रको पूर्वाधार र प्रचार प्रसार गरे पर्यटकको हव बनाउन सकिन्छ ।

महेश पोखरेल
यस क्षेत्रलाई पर्यटकीय हव बनाउनको लागि पहिलो कुरा पूर्वाधारमा विकास गर्नु पर्दछ । यहाँ आउने पर्यटकले खाना बस्न सजिलो तवरले पाउने वातावरण मिलाउनु पर्दछ । यस क्षेत्रमा प्राप्त मात्रामा खाजा घर तथा होटलहरु हुनु पर्दछ ।

लक्षमण घिमिरे
वयलकाडाँ सुर्खेतको नगरकोट नै हो । यो क्षेत्र पर्यटनको संभावना बोकेको क्षेत्र पनि हो । यसलाई स्थानिय तथा प्रदेश सरकारले महत्वका साथ हेरे यो क्षेत्र पर्यटकको लागि हव बन्न सक्छ । पछिल्लो समय यो क्षेत्र आन्तरिक पर्यटकको रोजाई बनेको । यस क्षेत्रमा आउँने पर्यटकको बसाईका लागि ग्रामिण होमस्टे संचालनमा ल्याउनु पर्छ ।

रवि देवकोटा
पछिल्लो समय यो क्षेत्र पिक्निक खानेहरुको लागि प्रायोग हुदै आएको छ । वयलकाडाँलाई थप पर्यटकीय स्थलका रुपमा चिनाउन पूर्वाधारमा विकास तथा प्रचारप्रसार गरी पिकनिक स्थललाई राम्रो सफा र ब्यावस्थित बनाउनु पर्छ ।

के एन खत्री
वयलकाडाँ र गोठीकाडाँलाई पर्यटकीय क्षेत्र बनाई त्याहाँबाट प्याराग्लाइडीङ्ग, टÇकिङ्ग, को रुट बनाउन सके पर्यटकको आवागमन बढाउन सकिन्छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी