पर्यटक प्रहरीद्धारा अवैध व्यवसाय गरेका विदेशी नागरिक पक्राउ



पर्यटक प्रहरीद्धारा अवैध रूपमा  व्यापार व्यवसाय गर्दै आएका विदेशी नागरिकलाइ पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २२ र १८ को खपौदिमा अवैध रुपमा बसोबास तथा व्यापार व्यवसाय गर्दै आएका विदेशी नागरिकलाइ पक्राउ गरी कारवाहिको लागि अध्यागमन कार्यालय पठाइएको पर्यटक प्रहरी कार्यालय पाेखराका सहायक निरिक्षक विधान सिह क्षेत्रीले जानकारी दिनुभयो ।

पर्यटकको रूपमा नेपाल घुम्न आएका जर्मनका नागरिक Manfred August Neumann ले बिना व्यापार भिषामा  पोखरा महानगरपालिका वडा नम्बर २२ मा बसी airbnb.com and booking.com मार्फत व्यवसाय गरेको तथा २०१२-८-१५ देखि भिषा नविकरण नगरी अवैध रुपमा बसोबास गर्दै आएकोले पक्राउ गरीएको प्रहरी सहायक निरिक्षक क्षेत्रीले बताए ।

यस्तै  लुकिछिपी नेपालका विभिन्न स्थानमा काम गर्दै आएका लेब्लानका Ali sleiman, Mariam Rahme sleiman, fatme El Zahraa sleiman लाइ पोखरा महानगरपालिका वडा नम्बर १८बाट पक्राउ गरी अध्यागमन कार्यालय पोखरामा पठाइएको प्रहरी सहायक निरिक्षक क्षेत्रीले बताए ।

अवैध रूपमा नेपालमा बसेका विदेशी नागरिकलाइ  भिसा अवधि सकिएका, श्रम स्वीकृति नलिएका, प्रयोजनविपरित बसेका लगायत, जरिवाना, काराबास वा देशनिकाला सम्मको कारबाही हुनसक्ने अध्यागमन ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख छ ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी