पर्यटन मन्त्रीद्वारा पश्चिम सुर्खेतको बाबियाचौरमा कृर्षि, पर्यटन तथा साँस्कृतिक महोत्सव उद्घाटन



पर्यटन मन्त्री नन्दसिंह बुढाले पश्चिम सुर्खेतको बाबियाचौरमा कृर्षि, पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्नुभएको छ ।

स्थानिय स्तरमा रहेका कृर्षि, पर्यटन तथा साँस्कृति पक्षलाई चिनाउन पञ्चपुरी नगरपालिकाको आयोजना तथा स्थानिय स्तरका आठ वटा क्लबहरुको सहआयोजनाद्वारा आयोजित महोत्सवको कर्णाली प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंहबुढाले महोत्सवको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले पन्चपुरी नगरपालिका र चौकुने गाँऊपालिकामा रहेका पर्यटकिय स्थलहरुलाई पर्यटनको ह्व बनाई प्रचार प्रसार गर्नु पर्र्नेे बताए । बेरोजगार युवाहरुलाई रोजगारीको सृर्जना गर्ने खालका योजनहरु मन्त्रालयले बनाएको बताए ।

कार्यक्रममा बोल्दै उप सभामुख पुस्पा घर्ति बिस्टले पश्चिम सुर्खेतको बिकाशको लागी चौकुने सिमेन्ट कारखानालाई छिटो संचालनमा ल्याउनुपर्ने बताउनुभयो ।

२२ गते देखी ३० गते सम्म संञ्चालन हुने महोत्सवले स्थानीय लोक कला, सस्कृति संरक्षण र सम्वर्धनका साथै समाजमा रहेका अन्धबिश्वास कुसस्कार कुरिती रुढीबादी बिरुद सम्वन्धीत जनचेतना जगाउने, प्राकृतिक सम्पदाको खानी सुन्दर मनमोहक चुरे पहाड र महाभारत पर्वत श्रृखलाको बिचमा रहेको भेरी नदी र कर्णाली नदीको संगम स्थल दोभान र जैविक बिविधाले भरिपूर्ण पश्चिम सुर्खेत बाह्र बन्डाल अठार खण्डाल लाई चिनाउने विश्वास लिएको सचिव जगतराज ढकालले जानकारी दिनु भयो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी