वेवारिसे विदेशी नागरिकको उद्दार गर्न अध्यागमनले मानेन ? पर्यटक प्रहरीद्धारा उद्दार



पोखरा पर्यटक प्रहरीले वेवारिसे अवस्थामा रहेका टर्किका नागरिकलाइ  उद्दार गरेको छ । अध्यागमन कार्यालय पोखराले वास्ता नगरे पछि पोखरा महानगरपालिका वडा न ३१ बेगनास ताल को छेउमा बिगत १ महिना देखि टेन्ट टागेर बसिरहेका टर्किका OSMAN FIRAT KORKMAZ लाइ उद्दार गरि काठमाडौँ पडाइएको पोखरा पर्यटक प्रहरी सहायक निरिक्षक विधान सिह क्षेत्रीले बताउनुभयो ।

सन् २०१७ मा नेपाल घुम्न आएका उनि  के खाउ र के लाउ भन्ने अवस्था तथा दम को बिरामी, खुट्ठा मर्केको उपचार गर्ने पैसा समेत नभएको अवस्थामा रहेका KORKMAZ लाइ पोखरा पर्यटन प्रहरी कार्यालयले औषधी उपचार गरी अध्यगमन कार्यलय कालिकास्थान पठाइएको क्षेत्रीले बताए ।

वेवारिसे अवस्थामा फेलापरेका  KORKMAZ काे भिषा सहितकाे पासपोर्ट तथा ट्राभलिङ सम्वन्धी कुनै पनि लिगल कागजपत्र नभएकाे क्षेत्रीले बताए ।

 

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)
  • Tourists enjoy Dragon Boat Festival holiday across China
  • Mount Kailash is the most sacred peak in Asia
  • डोल्पा पर्यटन विकासका आधारशिला-जगबहादुर बुढा
  • © 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी