सुर्खेतमा खाद्य स्वच्छता सम्वन्धी तालिम सम्पन्न



दिपक जैसी, सुर्खेत

सुर्खेतमा खाद्य स्वच्छता सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राजधानी विरेन्द्रनग सुर्खेतमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुलाइ खाद्य स्वच्छता स्वच्छता सम्वन्धी एक दिने तालिम दिएको हो ।

हामी सबैको प्रतिबद्धता खाद्यपदार्थमा स्वच्छता भन्ने मुल नाराका साथ सञ्चालन गरिएको तालिममा होटल तथा रेस्टुरेन्टका ३० जना व्यवसायीहरु तालिममा सहभागि भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिनु भयो ।

तालिममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले राष्टÇको आयको प्रमुख स्रोतको रुपमा मानिएको पर्यटन संग जोडीएको मूख्य आधार होटल ब्याबसाय भएकोले होटल रेस्टुरेन्टको स्तरिकरण गरी गुणस्तरीय खाद्य तथा भोजनको मापन गर्न जरुरी रहेको बताउनुभयो ।

तालिमको सहजिकरण प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले गर्नु भएको थियो भने तालिम पश्चात सहभागि सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

Write your Comment


सम्बन्धित शिर्षकहरु
  • सोलुखुम्बुमा एक अमेरिकन नागरिकको लडेर मृत्यु
  • पर्यटनको राजधानी ‘पोखरा’
  • कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने
  • २०७६ मा घुम्नै पर्ने ललितपुर जिल्लाका पर्यटकीय गन्तव्य
  • © 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
    माथी